» » सानै उमेरमा मिश्रले यसरी मारे राजनीतिक फड्को



२७ वर्षीया मनिष मिश्र तराई मधेश विद्यार्थी फ्रन्टको अध्यक्षमा चयन हुनुभएको छ । सानै उमेरमा राजनीतिकमा ठूलो फड्को मार्नु भएका मिश्रले विद्यार्थी राजनीतिकलाई सही ढंगबाट अगाडि बढाउन सके मात्र राजनीतिक उद्देश्य प्राप्त गर्न सकिने बताउनु हुन्छ । अध्यक्षमा चयन भएपछि बैशाख ३१ गते कलैयामा अबिर र मालाबाट सजिएका मिश्रले सहारा टाइम्सलाई भन्नुभयो, नेपालको राजनीतिक इतिहास हेर्नुभयो भने विद्यार्थी राजनीतिकबाट सञ्चालित भएको छ । जतिपनि ठूला नेताहरु देख्नुहुन्छ ती सबै विद्यार्थी राजनीतिकबाट नै यहाँसम्म आइपुग्नु भएको छ । त्यसैले आफू पनि विद्यार्थी राजनीतिक रोजेको हुँ ।’

शिक्षा
सर्लाही खैरवाका बुवा उदयनारायण मिश्र र आमा विभा मिश्रका जेठो छोरा मनिष मिश्र तराई मधेश लोकतान्त्रिक पार्टी गठन भएदेखि नै विद्यार्थी राजनीतिमा लाग्नु भएको थियो । दाजु भाइमा एक्लै मिश्रका दुईजना वहिनी हुनुहुन्छ । शंकरदेव क्याम्पसबाट स्नातक सकाएर एमबीए पढ्दै गर्नुभएका मिश्र तराई मधेश विद्यार्थी फ्रन्टमा सहमहासचिवबाट राजनीतिक शुरुवात गर्नुभएको थियो । भारत विहारको सीतामढी जिल्ला बेलग्रामको मामा घरबाट अक्षर चिन्ने शुरुवात गर्नुभएका मिश्र जुद्ध मावि गौरमा चार कक्षामा नाम लेखाउनु भयो ।

त्यहाँ उाहँलाई होस्टलमा बसेर पढ्ने इच्छा थियो तर त्यहाँको वतावरण राम्रो नभएको कारण दाजु सुरेन्द्र मिश्रको डेरामा बसेर पढाई शुरु गर्नुभएको थियो तर त्यहाँको स्कूल तथा स्थानीय माहोल राम्रो नलागेका कारण उहाँले स्कूल छाडेर आफ्नै सर्लाही जिल्ला पुग्नुभयो । त्यसपछि सर्लाहीको प्रावि सिसौटियामा पाँच कक्षामा नाम लेखाएर पढ्न थाल्नु भएको थियो । त्यहाँ उहाँ आफ्नो फुपुको घरमा बसेर अध्ययन शुरु गर्नुभएको थियो । तर त्यहाँ पनि एक वर्षभन्दा बढी टिक्न सक्नुभएन ।

त्यसपछि उहाँले मकमानपुरमा ६ कक्षादेखि ९ कक्षासम्म पढ्नु भएको थियो । त्यहाँ माओवादीको चन्दा आतकंका कारण उहाँको बुवा त्यहाँ टिक्न सक्नु भएन । बुवाको सरुवा भएसँगै उहाँ पुनः गौरमा आएर पढ्नु थाल्नु भयो । गौरमा उहाँ होस्टलमा बस्नु हुन्थ्यो । २०६० सालमा एसएलसी पास गरि उहाँ उच्च शिक्षाका लागि वीरगञ्ज जानु भयो । ठाकुरराम क्याम्पसमा आइकममा नाम लेखाएर पढ्न थाल्नुभयो । आइकम पास गरेर उहाँ २०६२ मा काठमाडौ छिर्नुभयो । शंकरदेव क्याम्पसमा बीबीएस पढ्न थाल्नुभयो । बीबीएस सकाएर सिकिम मनिपाल इन्भर्सिटीमा उहाँ एमबीए अध्ययन गर्दै हुनुहुन्छ ।

राजनीतिक
वीरगञ्जको ठाकुरराम क्याम्पसमा अध्ययनरत रहँदा नेविसंघबाट उहाँले राजनीतिक यात्रा शुरु गर्नु भएको थियो । त्यो बेलाको स्ववियु चुनामा बैकुण्ठ श्रीवास्तवलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । अर्थात बहुमतले श्रीवास्तवलाई जिताउन सफल हुनुभयो । ठानेपछि गर्ने स्वभावका मिश्रले श्रीवास्तवलाई जिताउनका लागि त्यसबेला अभियान नै सञ्चालन गर्नुभएको थियो । श्रीवास्तव जितेपछि उहाँको राजनीतिमा झन निखार र सक्रियता बढ्यो । र, राजनीतिकप्रतिको रुचीमा बढोतरी आयो । सोही चुनावमार्फत विद्यार्थी राजनीतिकमा आफ्नो पहिचान बनाउनुभयो र अगाडि बढेपछि फर्केर कहिले हेर्नु भएन ।

एकवर्ष जति नेविसंघका सक्रिय राजनीतिक गर्नुभयो । आइकम सकाएर काठमाडौ आएपछि महन्थ ठाकुरको सम्पर्कमा जानुभयो । सर्लाही जिल्लाकै भएका कारण त्यहाँ पनि घरमा आउ जाउँ हुन्थ्यो । मिश्रका बुवा पनि काँग्रेसका पार्टीका कार्यकर्ता भएका कारणले महन्थ ठाकुरसँग मिश्रलाई सजिलो पनि भयो । काँग्रेस पार्टीमा हुँदा बेला महन्थ ठाकुर पटक पटक उहाँको घर पुग्नु हुन्थ्यो । महन्थ ठाकुरको सालिनता, लगनशिलता, गम्भीरयता, विचार र सिद्धान्तबाट प्रभावित भएर नै मिश्र उहाँसँग लाग्नु भएको थियो ।

यहाँसम्म तमलोपा गठनको उद्घोष गर्न होटल समिटमा जाँदा मिश्र ठाकुरसँगै हुनुहुन्थ्यो । पार्टीको सदस्यता पनि महन्थ ठाकुरपछि लिने व्यक्ति उहाँ नै पहिलो हो । पार्टी घोषणा भएपछि उहाँ विद्यार्थीका लागि काम गर्न थाल्नु भयो । पार्टी गठन भएपछि विद्यार्थीका लागि बनेको लुज सगठनमा उहाँ सहसंयोजकको रुपमा काम गर्न थाल्नु भएको थियो । संयोजक मनोजकुमार यादव हुनुहुन्थ्यो । त्यसमार्फत उहाँले तमलोपाका लागि सगठनहरु बनाउन थाल्नु भएको थियो । पार्टी गठन भएसँगै भएको मधेश आन्दोलनमा विद्यार्थी नेताको रुपमा उहाँ सक्रिय भएर लाग्नु भएको थियो ।

मधेश आन्दोलन सफल भएपछि २०६५ साल साउन २१ गते तराई मधेश विद्यार्थी फ्रन्ट गठन भयो । सुरेशकुमार मण्डलको अध्यक्षतामा गठन भएको फ्रन्टमा मिश्रलाई सहमहासचिवको जिम्मेवारी दिएको थियो । सहमहासचिवको रुपमा उहाँले ६ वर्षसम्म लगातार काम गर्नुभयो । त्यसपछि फ्रन्ट पुनःगठन भएपछि उहाँ महासचिव बन्नुभएको थियो । उपाध्यक्षहरु र महासचिव अर्को संगठन र जागिरमा पलायन भएपछि संगठनमा दोस्रो नेताको रुमपा मिश्र उदाउनु भएको थियो ।

महासचिव भएपछि उहाँले विद्यार्थी राजनीतिकको साथ साथै मेनस्ट्रीमको राजनीतिकमा पनि चासो लिन थाल्नु भएको थियो । पार्टीका ठूला नेताहरुसँग सम्पर्कमा बस्नु, देश विदेशको राजनीतिक बारे खबर राख्नु, रेडिया, टीभी, पत्रपत्रिकाहरुमा अन्तरवार्ता र विचार दिएर सानो समयमा उहाँले राजनीतिक प्लेटफर्म सम्हाल्न सक्ने हैसियत बनाउनुभयो । भनिन्छ, उहाँको आफ्नै सक्रियताकै कारणले दुई वर्षपछि बैशाख ३१ गते बाराको कलैयामा सम्पन्न महाधिवेशनबाट सर्वसम्मतिले फ्रन्टको अध्यक्षमा चयन हुनुभयो । अध्यक्ष भएपछि उहाँको राजनीतिक सक्रियता झनै बढेको छ । असार ६ गतेदेखि ८ गतेसम्म नवलपरासीको रामग्राममा हुन लागेको पार्टीको महाधिवेशन सफल पार्नका लागि उहाँ सक्रिय हुनुहुन्छ ।

उहाँ स्वयं सेवक परिचालन एवं सुरक्षा समितिमा रहेर काम गरिरहनु भएको छ ।

काठमाडौको त्रिवीमा फ्रन्ट गठन गरी शुरुवात गर्नुभएका मिश्रले त्रिचन्द्र, नेपाल कमर्श क्याम्पस, कसमस इन्जिनियरीगं कलेज, एकमी कलेजलगायत उपत्यकाका प्रायः क्याम्पसमा उहाँ आफै गएर सगठन बनाउनु भएको थियो । उपत्यका बाहिर ठाकुरराम बहुमुखि क्याम्पस, सर्लाही क्याम्पस, तौलिहवा क्याम्पसलगायत दर्जनौ कलेजमा आफ्नै हातले संगठन निर्माण गर्नुभयो । ती संगठनहरु अहिले पनि सक्रिय छन् ।
समग्र मधेश शिक्षित प्रदेश

समग्र मधेश शिक्षित प्रदेशको नारा दिएर महाधिवेशनबाट अध्यक्ष बन्नु भएका मिश्रले त्यसलाई मुर्तरुप दिनका लागि पहिलो चरणमा सरोकारबाला निकायसँग कुरा गर्ने, मधेशका विद्यार्थीहरु तथा अभिभावकसँग यसको बारेमा अन्तरक्रिया गोष्ठी गर्ने त्यसपछि प्रदेशलाई शिक्षित प्रदेश कसरी बनाउने विषयमा गाउँ गाउँमा शैक्षिक चेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्ने योनजा मिश्रले बनाउनु भएको छ । अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको शैक्षितस्तर कमजोर रहेको कारणले नै अध्यक्ष मिश्र यो अभियानलाई सञ्चालन गर्नुभएको हो ।

त्यसको उदाहरणमा उहाँले आफ्नो पढाईको अवस्थालाई स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो, गाउँ देहातको शैक्षिकस्तर राम्रो नभएको कारणले मैले पटक पटक स्कूलहरु परिवर्तन गर्नु परेको थियो । अब आउने पुस्ताले यस्तो दुख भोग्न नपरोस् भनेर नै यो अभियान सञ्चालन गर्न लागेको हुँ । तर यो अभियान फ्रन्टले मात्र सफल गर्न सक्दैन, यसमा सबैको सहयोगको आवश्यकता छ । सरकारीदेखि गैरसरकारी तथा स्थानीय जनताको पनि सहयोगको अपेक्षा उहाँले गर्नुभएको छ ।

मधेश आन्दोलन
पहिलो मधेश आन्दोलनदेखि दोस्रो मधेश आन्दोलनमा सक्रिय भएर काम गर्नुभएका मिश्रले आन्दोलनको क्रममा कहिले काठमाडौ त कहिले सर्लाही ओहोर दोहोर गरेर आन्दोलनलाई गति दिइ रहनु भएको थियो ।

सर्लाही क्षेत्र नं. ६ का मिश्रले भविष्यमा विद्यार्थी राजनीतिक छाडेर मुल राजनीतिक कमिटीमा बसेर राजनीतिक गर्ने उद्देश्यका साथ अगाडि बढी रहनु भएको छ त्यो अवस्था मधेश आन्दोलनको बेला पनि देखिएको थियो ।

मधेश आन्दोलनको क्रममा उद्योगी व्यवपारीहरुले साथ दिनुमा मिश्रको भूमिका रहेको बताइन्छ ।

आन्दोलनको क्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, सिएनआईका तत्कालिन अध्यक्ष नरेन्द्र वस्नेतसँग उहाँले कुरा गरेर मधेश आन्दोलनप्रति समर्थन जुटाउनु भएको थियो । ती व्यपारीहरुसँग कुरा गरेर तत्कालिन वार्ताका जिम्मेवारी पाउनु भएका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग सामूहिक छलफल गराउन सफल हुनुभएको थियो ।

सर्लाहीको आफ्नै गाउँको प्रहरी चौकीबाट नेपाल सरकारको ठाउँमा मधेश सरकार लेख्न शुरु गर्नुभएका अध्यक्ष मिश्रले जिल्लाका प्रत्येक सरकारी कार्यालयमा मधेश सरकार लेख्न लगाएपछि त्यसपछि अन्य ठाउँहरुमा लेख्न शुरुभएको दावी उहाँको छ ।  

पार्टी संगठन

मधेश आन्दोलनमा सर्लाही जिल्लामा सक्रिय भएर काम गर्नुभएका उहाँले पार्टीमै पहिलो चोटी पार्टीको क्षेत्रीय तथा जिल्ला अधिवेशन पनि सम्पन्न गराउनु भएको थियो । त्यसपछि मात्र अरु जिल्लामा शुरुवात भएको थियो । सर्लाहीमा शान्तिपूर्वक यसरी जिल्ला अधिवेशन सम्पन्न गराएपछि पार्टीका अन्य नेताहरु छक्क परेका थिए । त्यसबेला जिल्लाहरुमा अधिवेशन गराउन तमलोपामा कम्ति चुनौति थिएन । कुनै पनि जिल्ला विवादमुक्त थिएन, त्यसबीच उहाँ आफ्नो जिल्लाको अधिवेशन सम्पन्न गराएपछि अन्य जिल्लाका नेताहरुमा आँट आएको थियो ।

उहाँले विद्यार्थीको नेता भएपनि उहाँ गाउँ गाउँ गएर अन्य भातृ संगठन तथा मुल पार्टीको संगठन बनाउने काम पनि गर्नुभयो । युवा फ्रन्टको स्वीकृत लिएर आफ्नो जिल्लाको गाउँ गाउँमा संगठन बनाउनु भएको थियो ।
जिल्लामा कुनै पनि कार्यक्रम हुँदा उहाँको सक्रियता बेगर हुँदैन्थ्यो । जिल्लाको हरेक कार्यक्रममा उहाँकै भूमिका हुन्थ्यो नै । मधेश आन्दोलनताका यस्ता दर्जनौ कार्यक्रमहरु भयो जसमा मिश्रको सक्रिय भूमिका हुन्थ्यो ।

युवा नेताको रुपमा जिल्लामा पनि परिचित उहाँ राजनीतिकलाई पेसा होइन, कर्मक्षेत्र तथा सेवाको रुपमा लिनुपर्ने बताउनुहुन्छ । बैशाख १२ गते आएको विनाशकारी भूकम्पको बेला पार्टीका तर्फबाट पहाडी जिल्ला धादिगं, उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा राहत लिएर उहाँ पुग्नु भएको थियो । त्यो बेला टहरा निर्माणदेखि लिएर राहत वितरणमा सक्रिय भूमिका थियो उहाँको ।

केही राहत सामाग्री उहाँ आफ्नै साधन स्रोतबाट वितरण गर्नुभएको थियो भने केही पार्टीमा आएका स्रोतबाट पनि वितरण गर्नुभएको थियो । भक्तपुरको खडका गाउँ, गिलाल गाउँ काठमाडौको बंगलामुखि, ललितपुरको भैसीपाटीलगायत विभिन्न ठाउँमा टहरा निर्माण गर्नुभएको थियो । उहाँ मधेशको राजनीतिक बारे भारतीय नेतासँग कुराकानी गर्न पटक पटक भारत पनि जानु भएको छ ।

व्यवसायी
उहाँ सक्रिय राजनीतिकमा लागेको भएपनि राजनीतिकमा टिक्नका लागि आफ्नो स्वयंको व्यवसायी पनि सञ्चालन गर्नुभएको छ । काठमाडौको शान्तिनगरस्थित ओम कारेश्वर चौकमा उहाँको ओम कारेश्वर पोलिक्लिनिक सञ्चालनमा छ । मेडिकल इकुपमेन्टस स्प्लायर्स पनि उहाँको छ । उहाँ भन्नुहुन्छ, आफ्नो आय स्रोत नभएपछि राजनीतिकमा भ्रष्ट बनाई दिन्छ । अरुप्रति निर्भर बनाई दिन्छ । अरु प्रति निर्भर भएपछि राजनीतिकमा अगाडि बढ्न सकिदैन र यो कुरा म विद्यार्थी राजनीतिकमा लागु गर्छु । राजनीतिकमा लाग्नेलाई कुनै नकुनै पार्ट टाइम जागिर वा विजनेश हुनुपर्छ । अनि मात्र उ अगाडि बढ्छ ।’

भारत भ्रमण

जारी मधेश आन्दोलनको बेला पराष्ट्रमन्त्री कमल थापाले भारत गएर आन्दोलनको बारेमा विभिन्न भ्रमहरु छरेका थिए । त्यसलाई चिर्नका लागि उहाँ पार्टीका केन्द्रीय सदस्य बीपी यादवको साथमा भारत जानु भएको थियो । भारत जानुको मुख्य उद्देश्य मधेश आन्दोलनको पक्षमा लविगं गर्नु नै थियो । उहाँ भन्नुहुन्छ, त्यतिबेला मधेश आन्दोलनलाई लिएर नेपाललागयत भारतमा पनि विभिन्न भ्रामक कुराहरु भइरहेको थियो । यो आन्दोलन भारतले नै गराएको हो, भारतकै इशारामा चलेको हो भनि व्यापक हल्ला नेपालीहरुको माझमा थियो र यसलाई चिर्ने प्रयास कतैबाट नभएको देखेर नै आफू भारतका विभिन्न ठाउँ घुमेर आफ्ना कुरा राखेको बताउनुहुन्छ ।

आफ्नो बलबुताले भ्याएसम्म भारतका प्रतिष्ठित नेता तथा बुद्धिजिवीहरुलाई भेटेर मधेश आन्दोलनको बारेमा कुरा गरेको उहाँ भन्नुहुन्छ । उहाँ त्यसक्रममा काँग्रेस आइका नेता करण सिह, विजेपीका नेता भगतसिह कोसियारी, विजय जोली, राष्ट्रिय काँग्रेसका नेता डिपी त्रिपाठी, पूर्व जर्नेल अशोक मेहता, पूर्व राजदूत एनएन झा, नर्थ ब्लकका चिफ अभय ठाकुर, युपीका मुख्यमन्त्री अखलेश यादव, आरजेडीका नेता रघुवंश प्रसाद सिह, जेडियुका नागेन्द्र सिहलगायतका नेताहरुसँग भेटघाट गरी मधेश आन्दोलनको बारेमा अवगत गराउनु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..