» » तमलोपाको महाधिवेशन उदेघाटन सम्पन्न (फोटो फिचर)


नवलपरासी, असार ६ गते । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र आज सम्पन्न भएको छ ।

महाधिवेशनको यहाँ आयोजित समारोहबीच पार्टी अध्यक्ष महन्थ ठाकुरले उद्घाटन गर्नुभयो । महाधिवेशनको उद्घाटन समारोह शुभकामना व्यक्त गदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसमा भएको भेदभाव हटाउन आफ्नो पार्टीले सक्दो सहयोग गर्ने र मधेसको मागलाई समेटेर जाने बताउँदै मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचार सरकारले नगरे संसद् अवरुद्ध गरिने चेतावनी दिनुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले सीमाङ्कनमा अड्किएको विषय मिलाउन आफू लाग्ने बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले राज्यका हरेक निकायमा जनसङ्ख्याका आधारमा मधेसीलाई समानुपातिक प्रतिनिधत्व हुनुपर्छ भन्दै ‘एक जातिको मात्र शासनले’ नेपाल सबैको राष्ट्र भएको अपनत्व नभएको बताउनुभयो ।

सीमाङ्कन, समानुपातिक प्रतिनिधत्व र नागरिकताका विषयमा अन्तरिम संविधानमा भएको व्यवस्था पनि अहिलेको संविधानमा नभएको उहाँको भनाइ थियो ।

महाधिवेशनमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्शेर जबरा, भारतीय जनताका पार्टीका उपाध्यक्ष भगतसिंह कोसियारी, पूर्वमन्त्री एवम् राष्ट्रिय जनता दल ९भारत० केन्द्रीय उपाध्यक्ष रघुवंशप्रसाद सिंह लगायतले शुझकामना दिनुभएको थियो ।

महाधिवेशनमा २७ जिल्लाका एक हजार २०० प्रतिनिधि सहभागी छन् । महाधिवेशन तीन दिनसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..