» » बलात्कारीका आरोपीलाई सजाय दिन माग

मनिष गुप्ता, कपिलवस्तु जेठ ३२ गते । कपिलवस्तुमा आइतवार साझ सशस्त्र प्रहरि जवानबाट सामूहिक रुपमा भएको बलात्कारको चारैतिर निन्दा भइरहेको छ । विभिन्न मानवअधिकारकर्मि संस्थाद्धारा न्याय माग्दै संयुक्त रुपमा प्रेस विज्ञाप्ति जारि गरेका छ । आइतबार राती ८ बजे शिवराज न.पा. १० नौडिहवाकी बोल्न नसक्ने कोपिला थारु९नाम परिर्वर्तित० लाई शसस्त्र प्रहरी बल विन्दवासिनी गणका जवानबाट सामुहिक रुपमा भएको बलात्कार घटनाको घोर भत्र्सना गरेको छ । सर्वसाधरणको सुरक्षा संवेदनशिलता प्रति उत्तरदायी बन्नु पर्ने सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीबाटै यस्तो घृणित कार्य हुन निकै निन्दनिय कार्य उल्लेख गर्दै अपराधिलाई कडा भन्दा कडा कारबाहि गर्नु पर्ने माग गरेको छ । घटनामा कुनै एक मात्र व्यक्ति पिडक नरहेको र सामुहिक रुपमा घटना गराइएको भन्दै घटनाका सबै दोषिलाई कानुनी दायरामा ल्याउनु पर्ने र पिडित महिलाको सम्पूर्ण उपचारको ब्यवस्था मिलाई उचित न्याय दिनु पर्ने मानव अधिकारकर्मीहरुले जोडदार माग गरेका छन् । यदि कुनै पनि कारण देखाई घटनालाई ढाकछेप गर्न खोजिए वा किनार लगाउन खोजिए आफुहरुले कडा भन्दा कडा आन्दोलनका कार्यक्रमलाई अघि बढाउने विज्ञप्तीमा जनाएका छन । महिला मानव अधिकार रंक्षक संजाल अध्यक्ष मिना परियार, मानव अधिकार प्रतिष्ठान शाखा कार्यालय कपिलवस्तु शाखा प्रमुख बिष्णु प्रसाद खतिवडा, शिवराज नगर स्तरिय अपांग पुर्नस्थापन समिति अध्यक्ष दिपक खड्का, दियालो नेपाल गिता पौडेल ,एशिया मानव अधिकार तथा साँस्कृतिक विकास मञ्च काशिराम घिमिरे ,सगरमाथा वेल्फेयर शोसाईटि नेत्र बेल्बासे , सामाजिक विकास मञ्च का विष्णु अधिकारी , सहज नेपाल कपिलवस्तुका शम्भु सेन, सामाजिक न्यायका लागि एकल महिला सञ्जाल कमला भुसाल, लैङ्गगिक हिंसा न्युनिकरण समन्वय समिति जगत जि सि द्धारा हस्ताक्षरित विज्ञप्तीमा पिडितले न्याय पाउनु पर्ने र पिडकलाई कडा भन्दा कडा कारबाहि गर्नु पर्ने जनाएका छन ।

यसरी भएको थियो घटना 
 आइतवार साझ करिब ८ बजे अन्दाजि ३५ बर्षीय बोल्न नसक्ने महिलाले सांकेतिक भाषमा १० जनाले सामुहिक बलतकार गरेको बताएकी छिन । शरीरमा डाम तथा चोट लागेकोले सामुहिक बलत्कार भएको स्थानियको आरोप रहेको छ । 

जनाताको रक्षक नै भत्छक भएको भन्दै स्थानियले २ घण्टा पुर्व पश्चिम लोक मार्ग चन्द्रौटा सड्क खण्ड अबरुद्ध पारेका थिए । दोषिलाई कारवाहीको माग गर्दै स्थानीयहरुले सडक जाम गरेपछि अभियुक्त लोकराजलाई वडा प्रहरी कार्यालयले हिरासतमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरी निरक्षक राजकुमार सिल्बालले जानकारी गराउनु भएको थियो । 

पिडित महिला भैसी चराउन गएको बेला शसस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका करिब १० जनाको समुहले उनलाई सामतेर हातखुट्टा बाधेर झाडीमा फालेका थिए । अध्यारो भएपछि बलत्कार गरेको खुलासा भएको छ ।  

घटना स्थालमा शसस्त्र प्रहरी बल विन्ध्यवासीनी गणको गेम ड्रेस एक जोर चप्पल, चुरा, साबुन फेला परेको हो । दोषीलाई काडाभन्दा काडा कारवाही गर्ने सशस्त्र प्रहरी वल विन्द्धवासिनि गणका गण पति सशस्त्र प्रहरी नायव निरक्षक हृदेश नारायण मण्डलले बताउनुभयो । 

पिडित महिलालाई राती नै स्वास्थ्य परिक्षण गराउन जिल्ला अस्पताल तौलिहवा लगिएको थियो । हाल स्वस्थ्य अवस्था कम्जोर भएकोले थप उपचारकोलागि संजीवनी अस्पताल पछि बुट्वल अंचल अस्पताल लगिएको छ ।


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..