» » मधेशको समस्या समधानका लागि प्रचण्डले पहल लिने

काठमाडौ जेठ १९ गते । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजिक समितिका संयोजक प्रचण्डले तराई मधेशमा देखिएको राजनीतिक विवादलाई समाधान गर्न आफूले पहल गर्ने बताउनु भएको छ ।

तराई मधेशमा देखिएको समस्यालाई कसरी समाधान गर्न सकिन्छ, त्यस बारेमा आफ्नो पार्टीले अध्ययन गरिरहेको उल्लेख गर्दै उहाँले आफ्नो दलले पहल नलिएसम्म त्यो समाधान नहुने दावी पनि उहाँले गर्नुभयो ।
पार्टी निकट पत्रकारहरुको एकता भेला कार्यक्रममा आज उहाँले मधेश आन्दोलनको नाममा देश विखण्डनको गतिविधि पनि गरिरहेका आरोप लगाउँदै त्यस्तोलाई पहिचान गरि राष्ट्रिय एकताको पक्षमा मधेशको समस्या समाधान गर्न बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..