» » तीनजनालाई प्रहरीद्धारा उद्धार


सिरहा, असार १० गते । दाउरा छान्न गएका बेला बलान नदीमा आएको बाढीमा बगेका तीन जनालाई प्रहरीले आज बिहान उद्धार गरेको छ ।

लहान नगरपालिका–४ का २२ वर्षीय मो कलाम, सोही ठाउँका ४५ वर्षीय वैद्यनाध पासवान र २५ वर्षीय प्रवेश रामलाई नदीबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कवीर प्रधानले जानकारी दिनुभयो । उद्धार गरिएका तीनै जनालाई उपचारका लागि अहिले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको छ ।

उद्धार गरिएका तीनै जनाको अवस्था सामान्य छ । नदीमा दाउरा छान्न गएका बेला अचानक आएको बाढीमा बगेको देखेपछि प्रहरीको टोली पुगेर उनीहरुलाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..