» » घुर्मिखोलाको बाँध भत्काउँदा स्थानीय त्रसित

सिरहा, असार ११ गते । अबिरल वर्षासँगै आएको बाढीले आज बिहानैदेखि सिरहाको डुमरी गाविस– ७ तिलुवास्थित घुर्मी खोलाको बाँध भत्काउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् ।

एक सातादेखिको वर्षाका कारण आज बिहानैदेखि घुर्मीखोलामा आएको तीव्र गतिको बाढीले बाँध भत्काउन थालेपछि गाउँमा बाढी पस्ने भन्दै स्थानयवासी त्रसित बनेको गाविस सचिव हरिकृष्ण मैनालीले जानकारी दिनुभयो ।

बाढीले घुर्मी खोलाको बाँध टुटेको छ, गाविस सचिव मैनालीले भन्नुभयो–“जसका कारण गाविसको वार्ड नं ७ मा बाढीले ठूलो क्षति पु¥याउनसक्ने सम्भावना रहेको छ ।”

यता सिरहाका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जल उत्पन्न कार्यालय सिरहाबाट इन्जिनियरसहितको प्राविधिक टोली बिहानै त्यसतर्फ पठाएको जानकारी दिनुभयो ।

यस्तै अबिरल वर्षाका कारण सिरहा सदरमुकामस्थित अधिकांश सरकारी कार्यालय परिसरमा पानी जमेको छ । सदरमुकामस्थित जिल्ला पशु कार्यालय, कृषि विकास, जिल्ला जनस्वास्थ्य, विद्युत् प्राधिकरण कार्यालय लगायतका कार्यालयमा पानी जमेका छन् । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..