» » उखु किसानद्धारा चक्काजाम

राकेश यादव
रौतहट असार १ गते । उखुको भुक्तानीे माग गर्दै रौतहटका किसानहरुले जिल्लाको मध्यभाग विरेन्द्र राजमार्गस्थित श्रीराम सुगर मिलको अगाडी दुई घण्टा चक्का जाम गरेको छ ।

सैयोंको सँख्यामा गएका उखु किसानहरुले मिलको मुलगेट अगाडी मुख्य बाटोमा बसेर बिहान ११ बजेदेखि चक्का जाम गरेका हुन् । किसानहरुले मिललाई दिएको उखुको झण्डै ९० करोड रुपैयाँ पटक पटक माग गर्दा पनि उद्योगपती दिवाकर गोल्छाले बेवास्ता गर्दै आएको उखु उत्पादक संघका जिल्ला अध्यक्ष अशोक यादवले दावी गर्नुभयो ।

पूर्व निर्धारीत कार्यक्रम अनुसार आज पहिलो दिन दुईघण्टा चक्काजामको योजना रहेको संघले जनाएको छ । आर्थिक वर्ष २०७० देखि हाल सम्मको उखुको करीब ९० करोड रुपिया मिलले नतिरी अनेक बखेडा गर्दै आएको छ ।

यसअघि संघ र उद्योगपतीबीच वीरगञ्ज र काठमाण्डौमा पटक पटक वार्ता भएको छ तर कुनै निष्कर्ष निस्केको छैन ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..