» » भारतीय गाडीको ठक्करले युवकको ज्यान गयो


मनिष गुप्ता
कपिलवस्तु जेठ २७ गते । कपिलवस्तुको चन्द्रौटा–कृष्णनगर सडकखण्ड अन्तर्गत महालक्ष्मी सुगरमिलको १ नम्बर गेट नजिकै सवारी दुर्घटनामा परी स्थानीय हिजो एक युवकको ज्यान गएको छ ।

ज्यान जानेमा शिवराज नगरपालिका १३, जवाभारी निवासी राममिलन रैदासका ३२ वर्षीय छोरा बब्बु भनिने बाबुलाल रैदास रहेका छन् ।

चन्द्रौटाबाट बहादुरगञ्जतर्फ गइरहेको भारतीय नम्बर प्लेट यूपी ३४ एई ९१२०नम्बरको बोलेरो गाडीले साइकलमा सवार रैदासलाई ठक्कर दिएको हो ।

गाडीको ठक्करबाट रैदासको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका मृतक रैदासको शवलाई पोष्टमार्टमका लागि राति नै बहादुरगञ्ज शिवराज अस्पताल पठाइएको प्रहरी नायब निरीक्षक विष्टले बताउनुभयो ।

दुर्घटनापछि गाडी फरार भएपनि स्थानीयले दिएको हुलियाका आधारमा प्रहरीले घटनाको १५ मिनेटपछि गाडी पत्ता लगाउन सफल भएको प्रहरी नायब निरीक्षक विष्टले जनाए ।

घटना राति करीब ९ बजेको समयमा भएको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..