» » नेपाली भुमी भारतमा गाभिदै ।।


मनिष गुप्ता,
कपिलवस्तु असार १३ गते । कपिलवस्तुको पश्चिम पर्ने अर्रा नदीले बर्षेनी
आफ्नो धार परिवर्तन गर्दा नेपाली भुमी भारतमा गाभीदै गएको छ । नेपाल, भारत दशगजामा सीमा स्तम्ब छैन । अर्रा नदीले नै दशगजा सीमानाको काम गरेको छ ।
भारतीय सिमानासग जोडिएको गुगौली १ जवाबरातको जंगे पिल्लर देखी ठाकुरापुर सम्म अर्रा नदीले बर्षेनी नेपाली जंगली क्षेत्रको भुभाग र
खेती योग्य जमिन काट्न गर्दै भारतमा समावेश गर्दै आएको छ ।
अर्रा नदीमा बाढी आउद नेपाली भुमी काट्न हुदा सयौ हेक्टर क्षेत्रफल जमीन भारतमा गाभीएको स्थानिय बताउछन ।
अर्रा नदिले हरेक बर्ष नेपाली भुमी काटन गर्दा गुगौली गाविस १ मा रहेको नया गाउ नै अहिले भारतमा परेको स्थानिय ७५ बर्षीय राजाराम यादवले बताए ।
पहिले पहिले नया गाउका बासिन्दा भन्थे हामी पनि नेपाली हँतर सरकारी पक्षबाट कुनै पहल नभएपछी बध्यभएर  उनिहरु भारतीय हुनु परेको यादवले बताए । अहिले हेदार्  पनि सो भुभगा अर्रा नदीको छेउमै रहेको छ ।  कपिलवस्तुको गुगौली, खुरीहुरीया, रामनगर भगवानपुर गाविस अर्रा नदिले काट्न गरेको छ । प्रत्येक बर्ष अर्रा नदिले धेरै जमीन
भारतमा गाभ्दै गरेको स्थानिय राम प्रकट कोरीले बताए । नेपालको सिमनामा र हेको गौतम बुद्ध साझेदारी वनले पटक पटक सम्बन्धित निकायलाई नेपाली भुमी बारे जनकारी गराउदा समेत कुनै पहल नभएको ठाकुरापुर रेन्जपोष्टका सहायक वन अधिकृत मोजेलाल पटेलले
जनकरी दिए ।
गौतम बुद्ध साझेदारी वनले केहि ठाउमा काट्न नियन्त्रण गर्न तटबन्ध निर्माण गरे पनि अन्य ठाउमा अर्रा नदिले काट्न गदार्  नेपाली भुभगा भारतमा मिसीदै गएको वनका पुर्व अध्यक्ष डा।जहिरुल खानले बताए । हरेक बर्ष काट्नको अनुगमन हुन्छ तर नेपाली भुमी भारतमा गाभीदै गाएको प्रती कसैको ध्यान जादैन भन्दै स्थानिय काट्न नियन्त्रण गर्न अग्राह गरेका छन । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..