» » बाढीका कारण उठिबास

फाइल फोटो

कञ्चनपुर, असार १० गते । दोधारा चाँदनी नगरपालिकाको महाकाली नदी र जोगबुढा नदी तटीय क्षेत्रका बासिन्दामा वर्षा सुरु हुने क्रमसँगै बाढीको त्रास छाएको छ ।

नगरपालिकाको कुत्तियाकभर, शान्ति टोल, सुन्दरनगर र पिल्लर नं १९ का बासिन्दामा बाढीको त्रास छाएको हो । प्रतिवर्ष महाकाली नदी र जोगबुढा नदीमा आउने बाढीले घरजग्गा डुबान पारी यहाँका बासिन्दा विस्थापनमा पर्ने गरेका छन् ।

वर्षा सुरु हुनासाथ बस्ती छाडेर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता रहेको स्थानीयवासी गगन खत्रीले बताउनुभयो । गत वर्ष मात्रै बाढीले यस क्षेत्रका तीसभन्दा बढी परिवारलाई विस्थापनमा पारेको उहाँले बताउनुभयो । यस वर्ष बर्षा सुरु हुन थालेपछि चिन्तित भएका र जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता रहेको उहाँले बताउनुभयो ।

महाकाली नदी र जोगबुढा नदीमा बाढी आएसँगै सुरक्षित स्थानमा जान सक्ने ठाउँ नै नहुँदासमेत अप्ठेरो परेको कुत्तियाकभरका माया सुनारले बताउनुभयो । “वर्षा हुन थालेपछि रातभर जाग्राम बसेर अनिँदोमै रात काट्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो । बस्ती अन्यत्र सुरक्षित स्थानमा पुनःस्थापनका लागि माग गर्दै आएपनि सुनवाइ नहुने गरेको यहाँका स्थानीय बासिन्दाको भनाइ रहेको छ ।

“कुत्तियाकभरसँगै जोडिएको भारतीय बस्तीलाई भारतीय सरकारले सुरक्षित स्थानमा पुनःस्थापन गरिसकेको छ”, स्थानीय शिक्षक टङ्कलाल जोशीले भन्नुभयो, “हामी जोखिम मोलेर बस्न बाध्य छौँ ।” बस्तीमा दुईसयभन्दा बढी परिवारको बसोबास रहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..