» » शिकार खेल्दा गोली चल्यो, एक घाइते


मनिष गुप्ता
कपिलवस्तु, जेठ १९ गते । कपिलवस्तुमा सिकार खेल्न गएका सिकारीले चलाएको गोली लागेर कपिलवस्तु साझेदारी वनका एक हेरालु गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भृकुटी नगरपालिका ४, चम्पापुर बस्ने वनहेरालु २५ वषर्ीय जगन्नाथ थारु रहेका छन् । चुरे पहाड नजिकै दुईमुनियाको पश्चिमपट्टी अस्पताल भन्ने ठाउँमा दश जनाको टोलीसँगै वन अनुगमनमा गएका थारु शिकारीले चलाएको गोली लागेर घाइते भएका हुन् ।

उनको दाहिने कन्चटमा गोली लागेको छ । सिकारीले सिकार हान्ने क्रममा चलाएको गोली मान्छेलाई लागेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवालले जानकारी दिनुभयो ।

जंगलमा मानिसलाई गोली लागेको थाहा पाएपछि सिकारी भागेको छन् । दिउँसो करीब १२ बजेको समयमा थारुलाई गोली लागेको भएपनि वडा प्रहरी कार्यालयको टोलीले करीब २ घण्टापछि फेला पारी चन्द्रौटा ल्याइपुर्याएको थियो ।

घाइते थारुलाई चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल रिफर गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..