» » कहाँ छन् तमलोपाका अरु नेताहरु ?


१० वर्षअघि अर्थात २०६४ पुस १३ गते महन्थ ठाकुरको अध्यक्षतामा गठन भएको तराई मधेश लोकतान्त्रिक पार्टीमा त्यतिबेला १७ जना संस्थापक नेताहरु थिए । १७ जनाबाट तयार भएको सो पार्टीमा थुप्रै नेताहरु आउनुभयो र जानुभयो तर जसले पार्टी निर्माणमा योगदान दिनुभयो, ती मध्ये धेरैले पार्टी छाडेर गइसकेका छन् । सो अवधिमा एक पटक पार्टी पनि विभाजन भएको कारणले गर्दा पनि संस्थापकहरु हिडेका हुनसक्छ ।

संस्थापकमा महन्थ ठाकुर, ह्रदयश त्रिपाठी, रामचन्द्र राय, महेन्द्र राय यादव, सर्वेन्द्रनाथ शुक्ला, रामचन्द्र कुशवाहा, अनिस अन्सारी, वृषेशचन्द्र लाल, कृष्णदेव यादव रहेनु भएको छ । त्यस्तै रामकुमार शर्मा, जितेन्द्र सोनल, चन्द तारा, गोविन्द चौधरी, विश्वनाथ साह, कृतराम पंडित, सत्यवति कुर्मी र दिलिप सिह रहनु भएको छ । त्यसमध्ये कृष्णदेव यादवको निधन भइसकेको छ भने राचन्द्र राय, महेन्द्रराय यादव, रामचन्द्र कुशवाहा, अनिस अन्सारी, रामकुमार शर्मा, चान्द तारा, दिलिप सिह पार्टी छाडेर हिड्नु भएको छ ।

महेन्द्रराय यादवले तमलोपाबाट अलग भएर आफ्नै पार्टी खोल्नु भएको भने अनिस अन्सारी सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ । रामचन्द्र कुशवाहा महेन्द्र राय यादवको पार्टी तराई मधेश सद्भावना पार्टीमा हुनुहुन्छ भने रामकुमार शर्मा माओवादी हुँदै नयाँ शक्तिमा हुनुहुन्छ । त्यस्तै चान्द तारा महेन्द्र राय यादवको पार्टी हुँदै फोरम लोकतान्त्रि र हाल माओवादी पार्टीमा हुनुहुन्छ । त्यस्तै दिलिप सिह महेन्द्र राय यादवको पार्टी रहनु भएको स्रोतले जनाएको छ ।

यो १० वर्षको अवधिमा १७ जना संस्थापकमध्ये एकजनाको मृत्यू भएको छ भने सातजना पार्टी छाडेर हिडेका छन् । र, यी जतिजना छाडेर हिड्नु भएको छ सबैको एउटै आरोप छ पार्टी असमावेशी र पार्टीको नेतृत्व । तमलोपा ब्राहमणको पार्टी हो भनि आरोप लागेको छ त्यो कुराको पुष्टि पार्र्टी छाडेकाहरुको लिस्ट हेर्दा पनि हुन्छ । उहाँहरु मध्ये एकजना यादव थरका नेताले भन्नुभयो, तमलोपा ब्राहमणहरुको पार्टी हो, त्यहाँ अरु जातको केही गल्ने बाला छैन ।

पार्टी कति समावेशी ?

तमलोपा कार्यसम्पादन समितिको नामावादी हेर्दा थाह हुन्छ, सो पार्टी कति समावेशी छन् भनेर । १० जनाको कार्यसम्पादन समितिमा ६ जना उच्च सातका रहेका छन् । चारजना ब्राहमण, एकजना राजपुत र अर्को कायस्थ रहनु भएको छ  । अरु बाँकी चारजना अनिता यादव, गोविन्द चौधरी, बृजेश गुप्ता र जितेन्द्र सोनल रहनु भएको छ । यो त भयो पुरानो कुरा तर महाधिवेशन तयारीका लागि बनाएको ११ वटा समितिका लिस्ट हेनुभयो भने झन प्रष्ट हुन्छ कि तमलोपा कति समावेशी छ भनेर । ११ वटा समितिमध्ये ६ वटा समिति संयोजक ब्राहमण कायस्थको कब्जामा छ भने बाँकी पाँच समितिमा अन्य जातका छन् ।

महन्थ ठाकुर, ह्रदयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, बृषेशचन्द्र लाल, सुरेन्द्र झा र कमलेश्वर पुरी रहेका छन् भने अन्य जातहरुमा रमानन्द पंडित, बीपी यादव, वृजेश गुप्ता, गोविन्द चौधरी र जितेन्द्र सोनल रहेका छन् । पार्टीको पदाधिकारीको अवस्था पनि त्यस्तै छ । एउटा जात विशेषको बर्चस्व रहेको सो पार्टी महाधिवेशनबाट समावेशी हुने विश्वास सबैले लिएको छ । सहारा टाइम्सलाई अन्तरवार्ता (हेर्नुस् पेज ५ मा) लिदै भन्नुभयो, यो पार्टी सोचेको जस्तो समावेशी छैन, महाधिवेशनपछि समावेशी बनाउने प्रयास हुनेछ । यो पार्टीमा समावेशी कुरा विशेष रुपमा आउनेछ ।
सहारा टाइम्स पत्रिकाबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..