» » गठबन्धनले मधेशी मोर्चाको निर्णय स्वीकार गर्ने


काठमाडौ असार २ गते । संघीय गठबन्धनको बैठक सकिएको छ । वार्ताका लागि सरकारले पठाएको पत्रको बारेमा छलफल गर्न बसेको बैठकले वार्ताको बारेमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गर्ने निर्णय स्वीकार्य हुने निर्णय गरेको छ ।

सरकारले पठाएको पत्रको बारेमा गठबन्धनका नेताहरु असन्तुष्ट हुँदै आएका थिए भने मधेशी मोर्चाका केही नेताले सकारात्मक भन्दै आएका थिए । सोही विषयमा आज बसेको गठबन्धनको बैठकले मधेशी मोर्चाले वार्ताको बारेमा गर्ने निर्णय स्वीकार हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो ।

यसै गरि गठबन्धनका प्रवक्ता पर्शुराम तमागं नयाँ शक्तिमा गएपछि सो ठाउँमा ओम गुरुगंलाई चयन गरेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..