» » आज थरुहट र सरकारबीच वार्ता हुने


काठमाडौ जेठ २८ गते । आज सरकार र थरुहट–थरुवान संयुक्त संघर्ष समितिको केन्द्रीय आन्दोलनस परिचालन समितिसँग वार्ता हुने भएको छ ।

सरकारले वार्ताका लागि औपचारिक पत्र पठाएपछि थरुहट संघर्ष समिति वार्ताका लागि तयार भएका हुन् ।
वार्ताका लागि सो समितिले धनीराम चौधरीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति पनि बनाएको छ । जसमा राजकुमार लेखि, रुक्मिणी चौधरी, किशोर विश्वास र रमेश चौधरी रहनु भएको छ ।

वार्ता हिजै नै हुनेबाला थिया तर प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृहजिल्ला झापा जानु भएको कारण वार्ता हुन नसकेको लेखीले बताउनुभयो ।

आज विराटनगरमा कार्यक्रम छ, कार्यक्रम सकाएर काठमाडौ फर्केपछि साँझसम्म वार्ता हुनसक्ने सम्भावन रहेको स्रोतले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..