» » एसएलसीमा उत्कृष्ठ अंक ल्याउने सम्मान


मनिष गुप्ता
कपिलवस्तु  असार ९ गते । कपिलवस्तुको तौलिहवा स्थित बुद्ध ज्योति ईङग्लीस बोडिङ स्कुलले एसएलसीमा उत्कष्ठ अंक ल्याउने ३ बिद्यार्थीहरु एक समारोहका बिच हिजो सम्मानित गरेको छ ।

अक्षरांक प्रणालीका आधारमा कुल ३ दशमलव ८५ जिपिए ल्याई छात्र तर्फ  जिल्ला प्रथम भएका देवेश ज्ञवाली ए प्लस भएका संदीप उपध्याय र हरि पौडेलललाई सम्मानित गरिएको हो ।

यसअघि बिद्यालयले सो ३ बिदार्थीको सम्मानमा तौलिहवामा र्याली समेत निकालेको थियो ।

बाजागाजा सहीत निकालिएको र्यालीले तौलिहवा बजारको परिक्रमा गरेको थियो । र्यालीमा बिद्यार्थी, शिक्षक, अभिभावक, संचालनहरुको सहभागीता रहेको थियो । र्याली पछि उनीहरुलाई अबिर माला सहीत सम्मानित गरिएको थियो ।

उत्कृष्ठ ३ बिद्यार्थीलार्इ बिद्यालयले नगद समेत प्रदान गरी पुरस्कृत गरेको थियो । कार्यक्रममा बोल्दै जिल्ला प्रथम भएका देबेस ज्ञवालीले आफुलाई बिद्यलायले गरेका प्रोत्सहानबाट नै यो सफलता मिलेको बताउनुभयो ।

सिभिल ईन्जीनियर बन्ने सपना बोकेको ज्ञवालीले आफुले भबिष्यमा समेत देशकालागि केही गरेर देखाउने अठोट लिएको बताउनुभयो । ३ महिना अघि नै नगर स्तरीय हाजिरी जवाफ प्रतियोगीतामा प्रथम भई कक्षा ११ र १२ मा पढनकालागि पुर्ण ज्ञवालीले पुर्ण छात्रबृत्ति पाएका छन् ।
 उहाँ काठमाण्डौ तिनकुने स्थित ट्रि टन बिद्यलायमा छात्रबृतिमा पढने बताईएको छ ।

कार्यक्रममा ज्ञवालीको हजुर बुवा केशवले नातिको सफलताप्रति आफुलाई निकै गर्भको महसुल भएका भन्दै भबिष्यमा अझ अझ मिहीनेत गर्न सुझाव दिनुभयो ।

खिमानन्द पोख्रेललेका अध्यक्षता, केशव ज्ञवालीको प्रमुख आतिथ्याता र बिद्यलायका प्रअ प्रकाश गैरेको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष किरणमान बज्राचार्य, हरिशंकर लाल श्रीवास्तव, देवेस ज्ञवाली, संदीप उपाध्याय लगायतले मन्तब्य दिनु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..