» » त्रिपाठी र रामग्रामवासीलाई धन्यवाद


काठमाडौ असार १५ गते । तराई मधेश लोकतान्त्रिक पार्टीले पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीलाई बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।

नेता त्रिपाठीले आफ्नो गृह जिल्ला नवलपरासीमा पार्टीको पहिलो महाधिवेशन सौहाद्र र भव्यतापूर्व सफल पारेकोमा पार्टीले उहाँलाई धन्यवाद ज्ञापन गरेको छ । त्रिपाठीको गृह जिल्लामा भएको कारणले त्यहाँको सम्पूर्ण व्यवस्थानको भूमिकामा उहाँ नै हुनुहुन्थ्यो । पार्टीले रामग्रामवासीलाई धन्यवाद ज्ञापन गरेको छ ।

आज पार्टी कार्यालयमा पार्टीका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा भएको एक कार्यक्रममा त्रिपाठीले वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएकोमा पार्टीले बधाई पनि ज्ञापन गरेको तमलोपाका नेता सुरेन्द्र झाले जानकारी दिनुभयो ।

सोही अवसरमा उपाध्यक्षमा चयन हुनुभएका बृषेशचन्द्र लाललाई पनि पार्टीले बधाई दिएको छ । उहाँ पनि महाधिवेशनबाट निर्विरोध चयन भएर आउनु भएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..