» » सद्भावनाले बनाए ३१ विभाग, वडास्तरका कार्यकर्तालाई तोके जिम्मेवारी


काठमाडौ असार १० गते । सद्भावना पार्टीको ६ दिनसम्म बसेको कार्यसम्पान समितिको बैठकले विभिन्न ३१ वटा विभाग गठन गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई राजनीतिक विभागको जिम्मेवारी दिएको छ भने सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई संगठन विभागको जिम्मेवारी दिएको छ । वरिष्ठ नेता बद्री मण्डल जलस्रोत विभाग, उपाध्यक्ष नरसिह चौधरी संसदीय विभाग, उपाध्यक्ष सुरिता साह महिला विभाग, महासहिचव मनिस सुमनलाई प्रचार प्रसार तथा प्रकाशन विभाग, महासचिव सरोज यादव स्वास्थ्य तथा योगा विभाग, सहमहासचिव देवेन्द्र यादव विदेश विभाग, प्रवक्ता संतोष मेहतालाई प्रशिक्षण विभाग, रामकिशोर सिह शिक्षा तथा मानव संसाधन विभागको जिम्मेवारी दिएको छ ।

त्यसैगरि संगठन विस्तार तथा निर्माणका लागि विभिन्न कार्यक्रमरु बनाएको छ । प्रत्येक केन्द्रीय सदस्य तथा पदाधिकारीलाई कुनै नकुनै जिम्मेवारी दिएको छ । केन्द्रदेखि गाउँस्तरसम्मका कार्यकर्तालाई कुनै कुनै भौगोलिक जिम्मेवारी लिनैपर्ने अनिवार्य गरेको छ ।

पार्टीका रहेका विभिन्न १४ जनवर्गाीय संगठनको महाधिवेशन गर्ने निर्णय पनि भएको छ । त्यसका लागि प्रतिनिधि चयन प्रकृया शुरु भइसकेको छ ।

त्यस्तै मधेशमा दुई प्रदेशका लागि प्रदेश इन्चार्ज तोक्ने पनि निर्णय गरेको छ । ५१ सदस्यीय प्रदेश कमिटी हुने बताइएको छ । यसको व्यवस्था पार्टीको विधानमा पनि रहेको छ ।

यद्यपी यो कार्यसम्पादन बैठकले तमलोपासँग एकीकरण गर्ने चर्चाको बारेमा गौन देखिएको छ ।

कार्य सम्पादन समितिले गरेका निर्णयहरु आज दुई वजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..