» » छोराद्धारा बुवाको हत्या

मोरङ, जेठ ३० गते । मोरङको कोशी–हरैँचामा हिजो दिउँसो छोराले आफ्नै बाबुलाई फलामको रडले हिर्काएर हत्या गरेका छन् ।

कोशी–हरैँचा नगरपालिका–१५ सितुमारीका ७४ वर्षीय भोलामान राईको ३५ वर्षीय छोरा रामकुमार राईले पिताको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

बाबु छोराबीच भएको घरायसी विवादमा रामकुमारले बाबुलाई रडले हिर्काउँदा टाउकोमा लागेर भोलामानको घटनास्थलमै मृत्यु भएको हो । बाबुको हत्या गर्ने छोरा रामकुमार राईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..