काठमाडौ जेठ २० गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले सरकारको पत्र नै पाएको छैन भने किन र कसरी वार्तामा जाने कुरा उठाइरहेको बेला आज तमलोपा पार्टि कार्यालयमा मोर्चाको बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको एकजना प्रतिनिधिले बैठकमै पत्र पुर्याएको छ ।
त्यो पनि पुरानै पत्र । जेठ १० गते मधेशी मोर्चालाई पठाएको पत्र नै आज पनि पठाएको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता केशव झाले बताउनुभयो । यही पत्रको आधारमा वार्तामा नबस्ने पनि छलफल गरेको छ ।
No comments: