» » अबको सिचाई योजनाहरु बहुउद्देश्य हुनेछ–सिचाइ मन्त्री यादव


काभ्रे (धुलिखेल) जेठ २९ गते । सिँचाइ मन्त्री उमेशकुमार यादवले अबको सिँचाइ योजनाहरु बहुउद्देश्य हुने बताउनु भएको छ ।

कृषिका लागि मात्र सिँचाई होइन, त्यसबाट अन्य योजनाका कामहरु निकाल्न सकिने बताउँदै उहाँले जल विद्युतका लागि ड्याम बनाउँदा त्यसबाट सिचाइ गरे जस्तो सिचाइ प्रयोजनका लागि बनाइने नहर, बाँध, पोखरी, इनारहरुमा माछा पालनदेखि लिएर तरकारी खेती, कुखुरा तथा माछा पालन गर्न सकिने बताउनु भयो ।

सिचाई विभागले हिजो सिचाईका भावी कार्ययोजनाको बारेमा आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीलाई उद्घाटन गर्दै उहाँले सिचाइका लागि बनाइएका नहरमा माछा पाल्न सकिने बताउनु भयो ।

नहरको पानीले सिचाइ भए जस्तै त्यसमा पालिएका माछाबाट  थप आम्दानी गर्न सकिने उल्लेख गर्दै उहाँले सिचाइका लागि खनिएका पोखरीमा तल्लो लियरमा घोँघी पाल्न सकिन्छ भने अर्को दुई लियरमा माछा पाल्न सकिने बताउनुभयो । सोही पोखरीको डिलमा कुखुरा तथा बँगुर पालन पनि गर्न सकिन्छ, कुखुरा, बँगुरबाट निस्किएको फोहर माछाको आहाराको रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।

सिचाई क्षेत्रमा काम गर्ने थुप्रै सम्भावनाहरु भए जस्तै त्यसका चुनौतिहरु पनि रहेको उल्लेख गर्दै उहाँले ती चुनौतिहरुसँग सामना गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो । देशमा ठूलो परिवर्तन भएपनि देशी विदेशीले यसलाई फेल गर्न लागेको आरोप लगाउँदै उहाँले नेपालमा पानीको क्षेत्रमा ठूलो राजनीतिक हुने गरेको बताउनुभयो ।

देश संघीयतामा गइसकेपछि सिचाई प्रणालीलाई कसरी व्यवस्थापन गर्ने बारेमा पनि चुनौतिहरु देखिएको बताउँदै उहाँले यस क्षेत्रमा पनि कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीमा ११ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछ भने त्यसमा विभिन्न प्राविधिक तथा विज्ञहरुले छलफल गरि आज भावी कार्ययोजना तयार गर्ने बताइएको छ ।

कार्यक्रम विभागका महानिर्देशक रमानन्द यादवको सभापतिमा उद्घाटन कार्यक्रम सम्पन्न भयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..