» » बलात्कार घटनाः तीन दिनभित्र छानविन गरि कारवाही गर्ने सहमति

चक्का जाममा संलग्न स्थानीय थारु महिलाहरु

मनिष गुप्ता,
कपिलवस्तु असार १ गते । सशस्त्र प्रहरी जवानबाट बोलात्कृत महिलाको घटनालाई छानविन गर्ने भन्दै सहमति भएपछि आन्दोलन स्थगित भएको छ ।
पिडित महिलाको उपचार तथा बलात्कारमा संलग्नलाई कारबाही गर्न माग गर्दै कपिलवस्तुबासीले पूर्वपश्चिम राजमार्ग बन्द गराए थिए ।

पीडित, पिडक र स्थानीय प्रहरी प्रहरीबीच आज भएको वार्तामा घटनाको छानविन गरि तीन दिनभित्र दोषीलाई कारवाही गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगति भएको हो ।

गत जेठ ३० गते साँझ कपिलवस्तुको शिवराज नगरपालिका १० कि बोल्न नसक्ने एक महिला सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका जवानहरुबाट बलात्कृत भएकी हुनुभएको थियो । उहाँको स्वास्थ्य नाजुक रहेको र उपचार खर्च कतैबाट नपाएको भन्दै स्थानीय महिलाहरुले चन्दा संकलन गरी उपचार गराइरहेका छन् ।

आइतवार दिउँसो भैंसी चराउन गएकाबेला बोल्न नसक्ने ति महिलालाई सशस्त्र प्रहरीका जवानहरुले हात खुट्टा बाँधेर झाडीमा फालेको र साँझ परेपछि पालैपालो बलात्कार गरेको आरोप छ । बलात्कारमा संलग्न भएको भन्दै बैतडीको बिसनपुर ६ घर भएका जवान लोकराज वस्तीलाई मात्र प्रहरीले पक्राउ गरेको तर अन्यलाई उन्मुक्ती दिन खोजिएको भन्दै स्थानीयबासीले आन्दोलन थालेका छन् ।

बलात्कृत महिलाको स्थानीय अस्पतालमा सामान्य उपचार गरेपछि थप उपचारका लागि भैरहवा पठाइएको थियो । भैरहवा अस्पतालले मंगलबार साँझ उहाँलाई डिस्चार्ज गरेको थियो ।

तर उहाँको स्वास्थ्यमा सुधार हुन नसकेको भन्दै स्थानीयले चन्दा संकलन गरी बुधबार फेरि उपचारका लागि बुटवल पठाएका छन् । उहाँलाई बान्ता हुने, उठबस गराउनु पर्ने, चेतना हराएको जस्तो लठ्ठ परिरहने, खाना नखाने लगायतका लक्षण देखिएपछि उपचारका लागि बुटवल पठाइएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..