» » यात्रुबाहक बस ट्रक ठोकिदाँ १६ जना घाइते

सर्लाही, जेठ १९ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको कर्मैयामा आज बिहान बस र ट्रक जुध्दा १६ जना घाईते भएका छन् । बअअष्मभलत

घाईते मध्ये तीन जनाको अवस्था गम्भीर छ । कर्मैया– ७ पुरानो चौकी अगाडि काठमाण्डौबाट जनकपुरका लागि छुटेको ना ५ ख २२३८ नम्वरको बस र पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ४ ख ८३४६ नम्वरको बस आपसमा ठोेक्किएका हुन् । दुर्घटनामा बसका चालक धनुषाको मिथिला नगरपालिका– ९ का ३० वर्षका सोमबहादुर माझी, रामेछापको हिमगंगा– १ का १९ वर्षका चिसन थापा र धनुषाको रमदैया– ६ का २० वर्षका रुपेश यादव गम्भीर घाईते भएका छन् ।

उनीहरुलाई हरिवनमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाण्डौ र भरतपुर रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाईतेहरुको हरिवनका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरी निरीक्षक उदयभान दुवेदीले बताउनुभयो । ती मध्ये सामान्य चोटपटक लागेका घाईतेहरु उपचार पछि गन्तव्य तर्फ लागिसकेका छन् । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतीका कारण बस र ट्रक आपसमा ठोक्किएका हुन् ।

बिहान साँढे ९ बजे भएको दुर्घटना पछि करिव डेढ घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..