» » » पर्वको दिन परीक्षाको रुटिगं नराख्न भन्दै मुस्लिम समुदायले गराए ध्यानाकर्षण


काठमाडौँ , जेठ २७ गते । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले त्रिभूवन विश्वविद्यालयले सञ्चालन गर्ने एल.एल.बी. दोश्रो वर्षको परीक्षाको मिति परिवर्तन गराउन पहल गरेको छ ।

जेठ १८ गतेको गोरखापत्रमा त्रिविको एल.एल.बी. परीक्षाको तालिकामा यसपालि ईद पर्ने दिन असार २२ गते परीक्षा कार्यक्रम राखिएको जानकारी केही मुस्लिम विद्यार्थीहरूले गराएपछि गठबन्धनले उक्त पहल लिएको हो । गठबन्धनका संयोजक शमीम अन्सारीको नेतृत्वमा हिजो बिहान गएको प्रतिनिधि मण्डलले त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीलाई भेटी मुस्लिम समुदायको महान् चाड ईदुल फित्र असार २२ गते रहेको र त्रिविले सोही दिन एल।एल।बी। दोश्रो वर्षको परीक्षा कार्यक्रम राखेकोले मुस्लिम विद्यार्थीहरुले परीक्षा नै छोड्नुपर्ने भएर २२ गतेको परीक्षा दुई दिन पछाडि सार्न आग्रह गरेको मुस्लिम अवाजले जनाएको छ ।

रजिष्ट्रारसँगको भेटघाटमा अन्सारीले आइन्दा पनि ईदको दिन परीक्षा नराखिदिन निवेदन गरे ।

रजिष्ट्रार उप्रेतिले क्यालेण्डरमा ईदुल फित्र र ईदुल अज्हा (बक्र ईद) विदाको दिन न तोकिएको हुँदा यो समस्या उत्पन्न भएको हो । नियतवस यस्तो नभएको बताउँदै बोर्ड बैठकमा यो विषय राखेर २२ गतेको परीक्षालाई अन्तिम दिनमा राख्न पहल गर्ने बताउनुभयो ।

भेटघाटमा गठबन्धनका महासचिव मोहम्मद जाकिर हुसैनले ईदुल फित्र र ईदुल अज्हा (बक्र ईद) को दिन राज्यले सार्वजनिक विदा दिएको छ ।

मुस्लिम समुदायले सार्वजनिक विदाको उपभोग गर्न पाउनु उसको मौलिक हक हो भन्दै सरकारले सार्वजनिक विदाको क्यालेण्डरमा ईदुल फित्र र ईदुल अज्हा (बक्र ईद) को सम्भावित दुई दिनको मिति राख्नुपर्ने मुस्लिम अवाजमा उल्लेख छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयको नाममा लेखिएको निवेदन प्रवक्ता शाहिद अलीले परीक्षा नियन्त्रण कार्यालयमा बुझाएका थिए । निवेदनमा शिक्षा मन्त्रालय र गृह मन्त्रालयलाई पनि बोद्धार्थ गरिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..