» » केडिया अपहरण काण्डमा चासो नदेखाएका अधिकृतसहित चार निलम्बन

वीरगन्ज, जेठ १९ गते । सशस्त्र प्रहरी हेड क्वार्टरले बारामा कार्यरत दुईजना सशस्त्र प्रहरीका अधिकृतसहित चारजनालाई निलम्बन गरेको  बारा प्रहरीले जनाएको छ ।
केडिया अपहरणकाण्डमा सशस्त्र प्रहरी असावधान रहेको भन्दै सशस्त्र प्रहरी बेस क्याम्प बिओपी तेलकुआँका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने तथा सशस्त्र प्रहरी सीमा सुरक्षा बेस क्याम्प बिओपि कबही गोठका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र शमशेर कुँवरलगायत दुईजनालाई निलम्बन गरेको हो ।    
केडिया अपहरणकाण्ड यी दुई बेस भएर अपराधीहरू भारततिर गएको तथा सशस्त्र प्रहरी सतर्क नरहेको भन्दै निलम्बन गर्ने प्रक्रिया गर्ने अगाडि बढाएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी शैलेन्द्र खनालले जानकारी गराएका छन् ।    

खनालका अनुसार अपराधीहरूले केडियाको अपहरण गरेपछि नेपाली भूमिमा ४५ मिनेटसम्म रहेका र सो बेला सशस्त्र प्रहरीबाट कुनै प्रकारको कारबाई नदेखिएकोले कारबाईस्वरूप हेड क्वार्टरमा बोलाइएको डिआइजी खनालले बताए ।    
डिआइजी खनालका अनुसार सशस्त्र प्रहरीबाट देखिएको त्रुटि विभागले सच्याउँदै उनीहरूलाई कारबाई गरेको जनाए । बाराका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले दोषी प्रहरीमाथि कारबाई गर्न नसकेपछि विभागले कारबाई  गरेको स्रोतले जानकारी दिएको छ ।    
घटनापछि सशस्त्र प्रहरी उपरीक्षक केसीले छानबिनसमेत नगरेको कारण विभागले सप्रउ केसीसहित अन्य अधिकारीलाई पनि अनुसन्धानको घेरामा राखेको स्रोतले जानकारी दिएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..