» » उपेन्द्र यादवले भन्नुभयो, सरकारमा भएजतिका सबै छोटे राजा

काठमाडौं जेठ १५ गते – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रको नाममा लूट मच्चाउँदै छोटे राजाहरुले देश बिगारेको टिप्पणी गर्नुभएको छ ।

‘हिजो राजतन्त्र छँदा देशमा एउटा राजा थियो, अहिले उसैको सीको गर्दै सरकारमा भएजति सबै छोटे राजा बनेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘संघीयता, समावेशी र गणतन्त्र विरोधी गतिविधि हामीलाई स्वीकार छैन ।’

संघीय गठबन्धनले शनिबार काठमाडौंको बसन्तुपरमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै यादवले मुलुकमा राजनीतिक क्रान्ति अझै बाँकी नै रहेको जिकिर गर्नुभयो ।

संविधान पुनर्लेखनको लागि सरकारबाट ठोस प्रतिबद्धता आए मात्र आफूहरु वार्तामा बस्न तयार रहेको बताउँदै यादवले भन्नुभयो, ‘हामीले पनि वार्ताबाटै निकास चाहेका हौं, तर विश्वासको उचित वातावरण बन्नु पर्यो’– संघीय गठबन्धनका संयोजक समेत रहनु भएका यादवले भन्नुभयो ।

नश्लवादी संविधान स्वीकार नभएको भन्दै उहाँले संविधानबाट विभेदकारी प्रावधानहरु हटाउन हामीले संविधानको पुनर्लेखन भनेको बताउनुभयो । संविधान पुनर्लेखन नै नबुझ्ने लालबुझक्कडहरु यहाँ धेरै रहेको उहाँले टिप्पणी गर्नुभयो ।

संविधानका विभेदकारी प्रावधान हटाउन राजी नहुने हो भने तेस्रो जन आन्दोलनको सामना गर्न तयार भएर बस्न सरकारलाई उहाँले चेतावनी दिनुभयो

काठमाडौका जनतालाई दुख दिन खोजेका होइनौ
यसैगरी, गठबन्धनका नेता राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरदसिंह भण्डारीले आफूहरुले काठमाडौंका जनतालाई दुःख दिन नचाहेको बताउनु भएको छ । संघीय गठबन्धनद्वारा बसन्तपुरमा आयोजना गरेको विरोधसभामा उहाँले सो कुरा बताउनु भएको हो ।

‘हामीले त राज्य सत्ता सञ्चालकहरुलाई संवेदनशील भएर जनताको आवास सुन भनेका हौ,’ उहाँले भन्नुभयो, ‘हामी शान्तिपूर्ण आन्दोलनमा छौं, हामीले काठमाडौका जनतालाई दुःख दिन खोजेको हैन ।’ उहाँले संविधानमा विभेदकारी व्यवस्था भएकोले संविधान पुनर्लेखन नभएसम्म आन्दोलन जारी रहने पनि बताउनुभयो । उहाँले गठबन्धनले विगत १५ दिनदेखि शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेको भन्दै यसलाई जनताले बुझ्नुपर्ने बताउनुभयो ।

विना श्रीपेजबाला राजाहरु विरुद्धको आन्दोलन हो 
मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले श्रीपेचलगाएका राजासँग लडेर हटायौं तर विना श्रीपेंचबाला राजाहरु खुट्टा गाडेर बसेको र अब यिनीहरुलाई यिनीहरुलाई जडैदेखि उखेलेर फ्याल्नु पर्ने बताउनुभयो ।

काठमाडौमा आएर नेवाःहरुका लागि हामीले संघर्ष गरिरहेको तर हामी यहाँ बस्दैनौ, हामीलाई मधेश प्रदेश नै प्यारो छ, उहाँले भन्नुभयो, हामीले देशका सम्पूर्ण उत्पीडित समुदायले अधिकार पाओस भनि चाहेका छौ ।’ एकपटक सबै मिलेर यो विना श्रीपेचको राजासँग लड्न उहाँले आग्रह गर्नुभयो । यो सरकार गफाडीहरुको झुण्ड हो, एउटा गफाडी मन्त्रालय बनाउनु पर्ने पनि धारणा राख्नुभयो ।

राज्य आफै झुक्न बाध्य हुन्छ
त्यस्तै, आन्दोलनरत २९ दलीय संघीय गठबन्धनका नेता कुमार लिङदेनले आन्दोलनकै बलमा सरकारलाई झुक्न बाध्य पार्ने चेतावनी दिनुभयो । उहाँले आन्दोलनको शक्तिलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराउनुभयो । ‘हामीलाई झुकाउन खोज्ने संवेदनहीन राज्य आफै झुक्न बाध्य हुन्छ,’– गठबन्धन आवद्ध संघीय लिम्बूवान पार्टीका अध्यक्ष लिङदेनले भन्नुभयो, ‘तपाईहरु ढुक्क हुनुुस्, आन्दोलनकै बलमा सरकार झुक्छ र माग सम्बोधन हुन्छ ।’

मधेशी, आदिवासी जनजाति, खस, लिम्बूवान, मगरात, शेर्पा, नेवारसहित देशका सबै उत्पीडित समुदायले एक भएर थालेको राष्ट्रिय आन्दोलनलाई कसैले पनि बेवास्ता गर्न नसक्ने उहाँले दावी गर्नुभयो । पूर्ण नेपाली हुनबाट बञ्चित गर्न आन्दोलनकारीको मागलाई सरकारले दमन गर्न चाहेको उहाँले आरोप लगाउनुभयो । ‘एकातिर देश छाडेर जानेको लर्को छ, यहाँ त नेपाली हुन पाउँ भन्दै आन्दोलन भइरहेको छ ।’


About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..