» » २७ वर्षदेखि बन्द रहेको अस्पताल सञ्चालनमा आएपछि विरामी खुशी


मनिष गुप्ता
कपिलवस्तु, जेठ १५ गते । छालासम्बन्धी समस्या भई हप्ताअघि इमरजेन्सीमा भर्ना भएकी कपिलवस्तुको कुशहवा ९, मेघौलीकी ५५ वर्षीय चन्द्रावती रैदास आजदेखि  अन्तरंग (इन्डोर) सेवाको महिला वार्डमा सिफ्ट हुनुभएको छ ।

हप्तौंदेखि आकस्मिक कक्षमा गुम्सिएर बस्न बाध्य रैदासलाई अन्तरंग सेवा कक्षमा सिफ्ट गरेपछि उहाँले बस्न सजिलो हुने भन्दै खुशी व्यक्त गर्नुभयो ।

उहाँ भन्नुहुन्छ– “अब त सन्चो नहुँदासम्म पनि आफ्नो छुट्टै बेडमा सजिलै बस्न पाइने भयो ।”  उहाँजस्तै चार दिनअघि पित्तमा पत्थरी परी विरामी भई इमरेन्सीमा भर्ना भएकी बहादुरगञ्ज ३, माडागाउँकी पाती पाल पनि अब बसाईंको व्यवस्था सजिलो हुने भयो भनी खुशी व्यक्त गर्नुभयो ।

उहाँहरु मात्र होइन अबदेखि शिवराज अस्पताल बहादुरगञ्जमा आएका विरामी सन्चो नहुँदासम्म भर्ना भएर राम्रो उपचार पाउने भएका छन् ।

गणतन्त्र दिवसका अवसर पारेर २७ वर्षदेखि बन्द रहेको नेपालकै दोस्रो जेठो शिवराज अस्पतालमा शनिबारदेखि अन्तरंग (इन्डोर) सेवा संचालन भएपछि छिटो, छरितो र भरपर्दो स्वास्थ्य सेवा पाउने भन्दै स्थानीयमा खुशीको लहर छाएको छ ।

वि.सं. १९९४ सालमा स्थापित कपिलवस्तुको बहादुरगञ्जस्थित शिवराज अस्पताल नेपालकै दोस्रो स्थानमा पर्दछ । अस्पतालका अध्यक्ष रघुनाथ भट्टराई र डा। राहुल झाको अथक प्रयास र स्थानीयको सक्रियतामा २७ वर्षपछि इन्डोर सेवा सुचारु भएपछि जिल्लाको पश्चिमी भेगका बासिन्दाले भरपर्दो स्वास्थ्य सेवा सुविधा पाउने भएका हुन् ।

आज एक समारोहबीच अन्तरंग सेवा उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि भूपू गाविस अध्यक्ष ९५ वर्षीय जेष्ठ नागरिक राजबहादुर सिंहले गाउँ गाउँबाट चन्दा संकलन गरी संचालन गरिएको अस्पताल पुनः आफ्नै आँखा अगाडि प्रगति भएको देख्दा निकै खुशी लागेको बताउनुभयो ।

३० वर्ष बहादुरगञ्ज गाविसका अध्यक्ष भई कामको अनुभव संगाल्नुभएका सिंहले अस्पतालको व्यवस्थापकीय पक्षलाई प्रभावकारी बनाउँदै यसलाई पुस्तौं पुस्तासम्म जीवित राख्न सबैले सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

साथै अस्पतालको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्र प्रसाद भगतले गुणस्तरीय सेवाका लागि जिल्लाबाट हुनसक्ने सम्पूर्ण सेवा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले शिवराजमा इन्डोर लगायतका अत्यावश्यक स्वास्थ्य सेवा संचालन भएपछि स्वास्थ्य उपचारका लागि बुटवल, भैरहवा, भरतपुर, काठमाडौंका साथै छिमेकी देश भारत जानुपर्ने बाध्यता टरेको बताउनुभयो ।

 पोख्रेलले अस्पतालले मानव स्वास्थ्यलाई ध्यानमा राखी गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने औल्याउँदै आफ्नो संगठनबाट समेत हरेक दृष्टिकोणबाट सहयोग पु¥याउने प्रतिबद्धता जाहेर गर्नुभयो । बुद्धिजिवी समाजसेवी एमाले जिल्ला सचिवालय सदस्य नेत्रराज अधिकारीले उपचारकै लागि नजिकैको अस्पताललाई हेला गरी बाहिर जान नहुने भन्दै स्थानीय तहका जनमानसमा अस्पतालको प्रभावकारिताबारे जनचेतना जगाउनुपर्ने बताउनुभयो । अस्पतालका अध्यक्ष रघुनाथ भट्टराईले सबैको सहयोग र सहकार्यले नै लथालिंग अवस्थाको अस्पताललाई आज यहाँसम्म पु¥याउन सफल सफल भएको भन्दै सबैप्रति आभार प्रकट गर्नुभएको थियो ।

अस्पतालका डाक्टर राहुल झाले अस्पतालमा आउने विरामीका लागि हरेक किसिमका सेवा दिने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले  यस क्षेत्रका बासिन्दाको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै बन्द रहेको इन्डोर सेवालाई संचालन गरिएको बताउनुभयो । अस्पतालबाट अहिले पनि ६ सयलाई प्रसुति गराएकोमा यसलाई व्यवस्थित रुपमा अगाडि बढाउन सबैको सहयोग र सहकार्यको खाँचो रहेको जिकिर गर्नुभयो ।

यसैगरी इन्डोर सेवा उद्घाटन कार्यक्रममा गाविसका निवर्तमान अध्यक्ष शिवप्रसाद जैसवाल, अस्पताल व्यवस्थापनका पूर्व अध्यक्ष कमला प्रसाद शुक्ला, समाजसेवी शिक्षाप्रेमी जंगबहादुर शाही, रामगोरखाका पूर्व प्रधानाध्यापक परमात्मा प्रसाद चौधरी, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता अजित सिंह लगायतले अस्पतालको चौतर्फी विकासका लागि सबैले हातेमालो गरी अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।

एक जना मेडिकल सुपरिटेन्डेन्ट, दुई जना मेडिकल अफिसर, एक हेल्थ असिस्टेन्ट, ३ अहेव, ४ स्टाफनर्स, ३ अनमी, एकजना सुब्बा, एक लेखापाल, एकजना रेडियो ग्राफर, एक ल्याब टेक्निसियन, १ जना ल्याब असिस्टेन्ट र ५ जना कार्यालय सहयोगी सहित कूल २२ जनाको दरबन्दी रहेपनि अहिले अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट नभएको बताइएको छ । यसैगरी मेडिकल अफिसर एक स्थायी र १ जना करारमा कार्यरत छन् । यस्तै ३ जना अहेबमध्ये २ जना मात्र रहेको छन् । अस्पतालमा सुब्बाको दरबन्दी रहेपनि अहिले खाली रहेको अस्पताल स्रोतले जनाएको छ ।

स्थानीय बासिन्दालाई प्रभावकारी स्वास्थ्य सेवा पु¥याउन अहिले अस्पतालमा आकस्मिक सेवा, सामान्य सल्यक्रिया, बहिरंग ९ओपीडी० सेवा, अन्तरंग (इन्डोर) सेवा, प्रसुति सेवा, ल्याब सेवा, एक्सरे, एन्टी रेबिज भ्याक्सिन (एआरभी) सेवा, पूर्व प्रसुति९एएनसी० सेवा, परिवार नियोजन, खोप, सुरक्षित गर्भपतन लगायतका सेवा संचालन गरिंदै आएको अस्पतालका अध्यक्ष रघुनाथ भट्टराईले जानकारी दिनुभयो । कूल २५ सैयाको अस्पतालमा अहिले महिला र पुरुष वार्डमा ५–५ ओटा बेडसहितको इन्डोर सेवाका सुचारु गरिएको भट्टराईले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..