» » लास बरामद


नवलपरासी, वैशाख ३० गते । नवलपरासीमा तीन दिनअघि देखि बेपत्ता भएका एकजना पुरुष आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

गैँडाकोट–१२ घर भएका अन्दाजी ३५ वर्षीय बलबहादुर बिक गैँडाकोट–१२ एनसेल कटेजनजिक नारायणी नदी छेउमा मृत अवस्थामा फेला परेको गँैडाकोट प्रहरीले जनाएको छ ।

बिक तीन दिनदेखि बेपत्ता थिए । उनी मृत अवस्थामा फेला परेपछि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..