» » जेठ २ गते सिहदरवारभित्र कुकुर पनि छिर्न नदिने गठबन्धनको तयारी

काठमाडौ बैशाख २७ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा तथा आदिवासी जनजाति सम्मलित संघीय गठबन्धनले जेठ दुई गतेका लागि व्यापक तयारीमा जुटेका छन् ।

त्यसको तयारीका लागि आज गठबन्धनको सचिवालयको बैठक बसेको थियो । बैठकले पच्चास हजार आदिवासी जनजाति र मधेशीलाई सिहदरवार वरिपरी परिचालन गर्ने तयारी गर्न गठबन्धनमा आवद्ध दलहरुलाई निर्देशन दिएको छ ।

जेठ २ गते विहान नौ बजेदेखि सिहदरवार वरिपरी धर्ना बसि एउटा कुकुरलाई समेत छिर्न नदिने गठबन्धनका एक घटन सद्भावना पार्टीका महासचिव मनिष सुमनले जानकारी गराउनु भयो । गठबन्धनमा रहेका २७ वटा दललाई हैसियत अनुसार पार्टीका कार्यकर्ता सिहदरवार परिचालनको तयारी गर्न भनि सकेको बताउँदै उहाँले गठबन्धनमा आवद्ध दलहरुले आआफ्नो स्रोतबाट कार्यकर्ता भेला गर्ने जानकारी गराउनुभयो ।

जिल्ला जिल्लाबाट सिहदरवार आउन कार्यकर्तालाई आह्वान गरेका छन् तर त्यसको साधन स्रोतको व्यवस्था नभएको जिल्लाका कार्यकर्ताहरुले जनाएका छन् ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..