» » नेपाल चीन सम्बन्धमा चासो


काठमाडौँ, जेठ १७ गते । नेपाल पत्रकार महासङ्घको निमन्त्रणामा चार दिनका लागि नेपाल भ्रमणमा आएको अखिल चीन पत्रकार सङ्घको प्रतिनिधिमण्डलले आज सभामुख ओनसरी घर्तीलाई भेटी नेपालको शान्ति प्रक्रिया, संविधान कार्यान्वयन र चीन र नेपालको सम्बन्ध लगायत विषयमा चासो व्यक्त गरेको छ ।

सङ्घका महासचिव गाओ सङ्गानको नेतृत्वको पाँच सदस्यीय टोलीले आज पत्रकार महासङ्घको केन्द्रीय कार्यालय र प्रेस काउन्सिल नेपालको कार्यालयमा समेत भ्रमण गरेको महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..