» » पेस्तोल सहित पक्राृउ


सिरहा, जेठ १४ गते । मोटरसाइकलको सिटमुनिबाट पेस्तोल र गोली बरामद भएपछि मिर्चैया प्रहरीले आज मोटरसाइकलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ५ का १९ वर्षीय झगरु भन्ने अरुणकुमार यादव रहेका छन् । विशेष सुराकीको आधारमा यादव चढेको स३प ८४७५ नम्बरको मोटरसाइकल जाँच गर्दा सिटमुनिबाट एक थान कटुवा पेस्तोल र दुई थान गोलीसहित उनलाई पक्राउ गरिएको मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले जानकारी दिनुभयो ।

चौधरीमाथि हातहतियार खरखजनासम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..