» » सिहदरवार घेर्न आइरहेका हजारौ कार्यकर्ता बाटोमा रोकिए, तमलोपाका महासचिव सोनल पनि अलपत्र


काठमाडौ जेठ २ गते । मधेशी मोर्चासहितको संघीय गठबन्धनले आयोजना गरेको सिहदरवार घेराउ कार्यक्रममा भाग लिन जिल्लाबाट आइरहेका कार्यकर्ता तथा नेतालाई प्रहरीले बाटोमा रोकेको छ ।

बस तथा जीपमा आउन लागेका मधेशी कार्यकर्ताहरुलाई ट्राफिक प्रहरीले विभिन्न बहानामा रोकेर राखेको तराई मधेश लोकतान्त्रिक पार्टीका महासचिव जितेन्द्र सोनलले जानकारी गराउनु भयो ।

नागढुगांमा रोकिएर बस्नु भएका महासचिव सोनलले नागढुगांमा हजारौ कार्यकर्तालाई रोकेर राखेको जानकारी गराउनु भयो । अवरोध गर्ने कुनै आवश्यकता नै छैन तैपनि जाम गराएर कार्यकर्ता रोक्ने नियतले यस्तो गरेको उहाँले दावी गर्नुभयो ।

मधेशका जिल्लाबाट सैयकडो बस र त्यसमा हजारौ कार्यकर्ताहरु अलपत्र परेका छन्, उहाँले भन्नुभयो, नौ बजेदेखि सिहदरवार घेर्ने कार्यक्रम रहेको छ त्यसलाई असफल बनाउन राज्यले यस्तो परपञ्च रचेको छ ।’ राज्यको यस्तो परपञ्चबाट आफू नआतिएको अलपत्र पर्नुभएको सोनलले सहारा टाइम्ससँग भन्नुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..