» » विद्यार्थीले नारा लगाए, चौहान सर जिन्दावाद


मनिष गुप्ता
कपिलवस्तु जेठ १६ गते । जिल्लाको बलुहवा गाविसमा रहेको जनता माविमा विद्यालय व्यवस्थापन समिति र प्रधानअध्यापक राम निवास चौहानबीच विवाद बढ्दै गएपछि बिद्यालयमा एक सातादेखि पढाई बन्द भएको छ ।

अनियमित र अटेर गरेको आरोप लगाउदै समितिले चौहानलाई प्रअबाट हटाउने निर्णय गरे लगत्तै बिद्यालयमा किचालो सुरुँ भएको हो ।

समितिले चौहानको ठाउँमा बालप्रसाद चौधरीलार्इृ प्रअ बनाउने निर्णय गरेको छ । सो निर्णय गलत भएको भन्दै बिद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले बिद्यलायमा ताला लगाउदै बिद्यालय र शिक्षा कार्यालय घेराऊ गरेका छन् ।

उनीहरुले तौलहवामा जुलु निकाल्दै समितिको बिरुद्ध चर्का नराबाजी गर्दै शिक्षा कार्यालय घेराऊ गरेका छन । सो बिद्यालयको कक्षा १० मा अध्ययरत निरज कसौधनले प्रअ चौहानलाई समितिले आफनो स्वार्थ पुर्तिकालागि अनियमिति तरिकाले हटाएको बताउनुभयो ।

प्रअको पुनरबाही नभए सम्म बिद्यलायमा पठनपाठन हुन दिदैनौ ’ उहाले भन्नुभयो ।

ब्यबस्थापन समितीका अध्यक्ष धनिराम यादवले बिद्यालयमा आएका रकमहरु समितिको निर्णय बिना आफु खुशी खर्च गरेको र हिसाब किताब माग्दा अटेर गरेकोले चौहानलाई प्रअबाट हटाउने निर्णय गरिएको बताउनुभयो । ‘

समितिलाई नटेरी बिद्यालयमा आफनै ढंगलको  कार्य गरेको र पटक पटक हिसाब किताब माग्दा कुनै सुनुवाई नगरेकोले बाध्य भई यो निर्णय गरेको हौ ’ उहाले भन्नुभयो ।

चौहानले नै शिक्षक बिद्यार्थीलाई उचालेर आन्दोलनमा ल्याएको उहाँले आरोप लगाउनुभयो । आफुलाई समतिले किन प्रअबाट निकालेको त्यस बारे आधिकारिकरुपमा अझै थाहा नभएको चौहानले बताउनुभयो ।

बिद्यार्थीै र अभिभावहरु स्वस्र्फुतरुपमा आन्दोलित भएको उहाँले बताउनुभयो । उहाँले  समिति कै निर्देशनमा पारशर्दीरुपमा काम गरे पनि समितिले हटाएर आफुमाथी अन्याय गरेको बताउनुभयो् ।

जिल्ला शिक्षा अधिकारी हरि प्रसाद गौतमले प्रअ र समितिको विवादले विद्यलायमा एक हप्तासम्म पढाई नहुनु दुःखद कुरा भएको बताउनुभयो ।

उहाँले बिद्यलायमा पठनपाठन सुचारु गर्न दुबै पक्षलाई निर्देशन दिएको बताउनुभययो । ‘

समिति र प्रअको बिवादले बिद्यलाय बन्द गरिएको छ, यो राम्रो कुरा होईन’ उहाले भन्नुभयोे । बिवाद समाधानकालागि शिक्षाले पहल गर्ने उहाले बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..