» » सञ्चारकर्मीहरु सम्मानित


राकेश यादव
रौतहट जेठ १७ गते । रौतहटको शिक्षा स्वास्थ्यको बारेमा कलम चलाउन पत्रकारहरुलाई यहाँ आग्रह गरिएको छ । खस्किदै गएको शिक्षा र स्वास्थ्यको अवस्था सुधारका लागि जिल्लाका सबै सञ्चारकर्मी अभियान नै सञ्चालन गर्नुपर्ने सुझावहरु आएका छन् ।

आइतवार जिल्ला सदरमुकाम गौरमा आयोजित शिक्षा र स्वास्थ्यको विकासमा आम सञ्चारकर्मीको भुमिका बिषयक कार्यशाला गोष्ठिका वक्ताहरुले सो विचार राखेका हुन् । आम सञ्चार समिति युनेस्को निमित्त नेपाल आयोगको सचिवालय एवं शिक्षा मन्त्रालय काठमाण्डौको आयोजनामा सम्पन्न कार्यक्रममा आधादर्जन सञ्चारकर्मीलाई सम्मानित गरीएको थियो ।

सचिवालयका संयोजक सिताराम अग्रहरी र सहायक महासचिव डाक्टर कमलेशवर सिन्हाले पर्सा जिल्लामा झण्डै तीनदशक देखि क्रियाशिल पत्रकार कन्हैया केशरी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सितल महतो, रौतहट शाखाका सभापति शैलेन्द्र गुप्तालाई संयुक्त रुपमा दोसाला ओढाई प्रमाणपत्र सहित सम्मानित गरेका थिए ।

त्यसैगरी संयोजक अग्रहरीले पत्रकार संजय मिश्रालाई शिक्षाक्षेत्रको बिकृतीबारे समाचार मार्फत पटक पटक आवाज उठाएको भन्दै  दोसाला र प्रमाणपत्रबाट सम्मानित गरेका थिए । कार्यक्रमको सञ्चालन बरीष्ट पत्रकार एवं कान्तिपुर दैनिकका पत्रकार दिनेश यादवले गर्नुभएको थियो । उक्त कार्यक्रममा रौतहट, बारा, पर्साका गरी तीनदर्जन भन्दा बढी पत्रकारहरुको सहभागिता रहेको थियो । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..