» » मधेशको कुरा प्रचण्डले नमानेपछि मातृका ब्याक !


काठमाडौ जेठ ३ गते । एकीकृत नकेपा (माओवादी) सँग मधेशको एजेण्डामा कुरा नमिलेमा नेकपा (माओवादी) का संयोजक मातृका यादवले एकीकरण ब्याक हुने भएको छ ।

एकीकरण घोषणाको अन्तिम चरणमा रहेको अवस्थामा संयोजक यादवले एमाओवादीका अध्यक्ष प्रचण्डसँग मधेशको एजेण्डामा ब्यापक छलफल गर्नुभएको छ तर प्रचण्डले मधेशको वर्तमान अवस्थालाई स्वीकार नगर्ने अवस्थामा देखिएको कारण एकीकरणमा मातृका सहभागि नहुने सम्भावना बढ्दै गएका मातृका यादव नेतृत्वको पार्टीका एक नेताले सहारा टाइम्सलाई बताउनुभयो ।

मधेशवादी दलले अहिले गरिरहेका आन्दोलन कुनै रुपमा ठिक छैन भने बुझाई प्रचण्डको रहेको छ । यो आन्दोलन भारतको इशारामा भइरहेको र राजावादीहरुको समेत सहयोग रहेको सो आन्दोलनप्रति आपत्ति जनाउँदै मधेशको हालको अवस्थालाई स्वीकार गर्न नसकिने प्रचण्डको अडानका कारण मातृका एकीकृत पार्टीमा सहभागि नहुने सम्भावना टढिदै गएको छ । जेठ ६ गते एकीकृत पार्टी घोषणा गरिने मिति तय भएको छ । त्यस दिनसम्म कुरा मिल्यो भने मात्र एकीकरण हुने बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..