» » शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापकलाई अनुशिक्षण

मनिष गुप्ता
कपिलवस्तु, जेठ १७ गते । सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरुका लागि विद्यालयगत कार्य सम्पादन परीक्षण सम्बन्धी पहिलो चरणको दुई दिने अनुशिक्षण कार्यशाला कपिलवस्तुको चन्द्रौटा स्रोतकेन्द्रमा सोमबारदेखि संचालन भएको छ ।

विद्यालयको स्वःमूल्यांकन र विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कार्यशाला संचालन गरिएको हो । सोमबारदेखि संचालन गरिएको अनुशिक्षण लगातार दुई चरणमा संचालन गरिने स्रोतव्यक्ति देवेश प्रताप सिंहले जानकारी दिनुभयो ।

सोही अनुसार जेठ १७ र १८ गते सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि अनुशिक्षण संचालन गरिएको हो उहाँले भन्नुभयो । यस्तै जेठ १९ र २० गते निजी विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालयगत कार्य सम्पादन परीक्षण सम्बन्धी अनुशिक्षण दिइने स्रोतव्यक्ति सिंहले बताउनुभयो ।

जिल्ला शिक्षा कार्यालय कपिलवस्तुद्वारा संचालन गरिएको पहिलो चरणको अनुशिक्षणमा स्रोतव्यक्ति देवेश प्रताप सिंह र जनकल्याण उच्च माविका शिक्षक शेषराम चौधरीले सहजीकरण गर्नुभएको छ । चन्द्रौटा स्रोतकेन्द्र अन्तर्गत कूल ४६ सामुदायिक र १५ निजी विद्यालय रहेकोमा पहिलो चरणको सामुदायिक विद्यालयका लागि संचालन गरिएको अनुशिक्षणमा ३८ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको बताइएको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..