» » लक्ष्मणलाल कार्णले भन्नुभयो, यथास्थितिमा स्थानीय चुनाव हुन दिन्नौ

काठमाडौ, बैशाख २७ गते । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्ता समितिका संयोजक उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यसअघि नै आफू मधेसमा दुई प्रदेशको पक्षमा रहेपनि आफूले त्यस्तो सहमति गर्न नसक्ने बताई सक्नु भएकाले उहाँसँग वार्तामा बस्नुको औचित्य नभएको बताउनुभयो ।
उहाँले वार्ता समितिमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष प्रचण्ड बसेर मात्र आफूहरुले वार्तामा बस्ने स्पष्ट पार्नुभयो ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्नु हुँदै उहाँले सरकारको पत्रमा केही दिनमै बैठक बसेर औपचारिक रुपमा  पत्रमार्फन नै जवाफ दिने जानकारी दिदै झुठा मुद्दा फिर्ता, मानवअधिकार उल्लघनको छानविन गर्न न्यायिक आयोग गठन र घाईतेहरुको उपचार गरेर वार्ताका लागि वतावरण निर्माण गरेर औचित्यपूर्ण अवस्था बनाएमात्रै वार्ता गर्ने बताउनु भयो ।

सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने ठोकुवा गर्दै उहाँले यो कार्यक्रम कुनै काम नआउने आर्कषक हात्तिको देखाउने दाँतको संज्ञा दिनुभयो ।

कर्णले भन्नुभयो, ‘प्रदेश नै अन्तिम भएको छैन, संविधान अनुसारको संरचना खडा भईसकेको छैन । सबै सरकारको विरुद्धमा रहेको बेला स्थानीय निकायको निर्वाचनको कुरा गरिएको छ । यस्तो अवस्थामा यो कसरी कार्यान्वयन हुन सक्छ । यथास्थितिमा हामी निर्वाचन हुनै दिदैनौ । अनि कसरी कार्यान्वयन हुन्छ ?

उहाँले भएका विश्वविद्यालयहरुको संरचना खडा हुन नसकिरहेको अवस्थामा नयाँ विश्वविद्यालय निर्माण गर्ने कुरा कार्यान्वयन हुनै नसक्ने भन्दै मुलुकमा कायम रहेको द्धन्द समाधान नहुन्जेलसम्म केही पनि कार्यान्वयन हुन नसक्ने ठोकुवा गर्नुभयो ।

कर्णले राष्ट्रपतिको मर्यादा कायम राख्न आफूहरुले विरोध नगरी संसद बहिष्कार मात्रै गरेको भन्दै नीति तथा कार्यक्रमको छलफलमा आफुूहरु सहभागि नहुने स्पष्ट पार्नुभयो ।
उहाँले राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भन्दा अघि प्रधानमन्त्रीले संसदमा सबैभन्दा लामो बोलेर अघिकाँश कुरा सार्वजनिक गरेको भन्दै यो कुरा गलत भएको बताउनुभयो ।

नीति तथा कार्यक्रमबारे छलफल नगरेको

एकीकृत नेकपा माओवादीका सचिव एवम पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारले सत्तारुढ गठबन्धनको प्रमुख घटक एकीकृत नेकपा माओवादीसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको गुनासो गरेका गुनासो गर्नुभएको छ ।

उहाँले प्रमुख प्रतिपक्षी नेपाली काग्रेससहित संसदमा रहेका दलहरुसँग न्यूनतम सहमति गरेर ल्याउँनु पर्नेमा आफूहरुसँग समेत छलफल नगरी हतारमा नीति तथा कार्यक्रम ल्याएको भन्दै मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने कुरा आफूहरुलाई समेत जानकारी नरहेको दावी गर्नुभयो ।

सरकार परिवर्तनको विषयमा भएको भनिएको भद्र सहमतिको विषयमा राखिएको जिज्ञासामा उनले राजनीतिक तहमा भएका सहमतिलाई त्यसै रुपमा लिनु पर्ने भन्दै बजेट पारित गर्दा सम्म आफूहरु बर्तमान सरकारकै समर्थनमा रहने स्पष्ट पार्नुभयो ।

सचिव पुनले भन्नुभयोे, ‘केही राजनीतिक सहमति भएका छन । त्यसलाई राजनीतिक रुपमै राख्नु पर्छ । जुन दिनसम्म यो सरकार रहन्छ हामी यसको समर्थनमा रहन्छौ । अहिले नै सरकार परिवर्तनको कुरा गरेर अस्थिर बनाउनु हुँदैन । सहमतिको सरकार गठनकोलागि प्रयास गर्छौ ।’

त्यतिकै सरकार ढल्दैन
सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै कसैले भनेकै भरमा सरकार नछाड्ने स्पष्ट पार्दै सरकार परिवर्तनको लागि प्रक्रियाबाट गएर अविश्वासको प्रस्ताव राख्न सक्नु पर्ने बताउनुभयो ।
\
नीति तथा कार्यक्रम कपोकल्पीत

नेपाली काग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रम कपोकल्पित, कर्मकाण्डी श्लोक जस्तो, अपच हुने मिठो रस जस्तो भएको भन्दै यो कार्यान्वयन हुनै नसक्ने ठोकुवा गर्नुभयो ।

सरकारले नीति तथा कार्यक्रम अरु दलहरुसँग सल्लाह नै नगरी ल्याईएको गुनासो गर्दै यो कार्यान्वयनको लागि भन्दा पनि  भाषण गर्नकोलागि मात्रै ल्याएको आरोप लगाउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..