» » मेलाको लागी ६ करोडभन्दा बढिको कारोवार


-आर.के मण्डल
लहान, जेठ ८ गते । धार्मिक महत्वका साथ मनाइने देवी मेलाका लागि सिरहामा मात्रै  ६ करोडभन्दा बढीको बोका तथा हाँस, परेवाको कारोबार भएको छ ।
सिरहाको लहान नगरपालिका १५ ढोडनास्थित रहेको राजदेवी पञ्चावती मन्दिरमा शीविार शुक्ल पुणर््िामाको दिन भाकल अनुसारको बोका चढाउने भतmजनहरुको ठूलो भिड लगेको थियो । एक महिनाअघिदेखि नै शुरु भएको यो मेलाको लागि आवश्यक पर्ने खसी बोका, हाँस तथा परेवाहरुको कारोबार सिरहाको प्रमुख बजारहरु लहान ,गोलबजारमा ह्वात्तै  बढेपछि यसैका साथ भएको मूल्यबृद्धिले गर्दा त्यत्तिको व्यापार भएको स्थानीय व्यापारीहरुले बताएका छन् ।
मेलामा प्रसादको रुपमा प्रयोग हुने लडु, खसी, बोका, हाँस, परेवा जस्ता सामग्री तथा व्रतालु महिला तथा पुरुषले प्रयोग गर्ने लत्ताकपडा र गरगहनाको कारोबारका कारण यो वर्ष सिरहा जिल्लाका सबै बजारहरुमा गरी करीब पाँच करोडभन्दा बढी मूल्यको कारोबार भएको स्थानीय व्यापारीहरु बताउँकछन् । मेलामा राम्रो कपडा र गरगहना लगाई महिलाहरु यसपालि पहिरनको प्रतिष्पर्धामा उत्रिएको टन्नै देखिन्थ्यो । मेलामा महिला तथा युवतीहरुले लगाउने पहिरनका कारण त्यहाँ एक किसीमको सामाजिक फेशन शोजस्तै देखिन्थ्यो ।

अरुबेला २ सयमा बिक्रि हुने परेवाको मूल्य ४ सय ५० रुपियाँ सम्ममा विक्री  भएकोले आफूले राम्रै आम्दानी गरेको छेदी रामले बताउनुभयो । प्रत्येक बोका, हाँस र परेवाको मूल्य अरु दिनको तुलनामा यस बेला अत्यन्तै महङ्गो भएको थियो’, लहान– १ निवासी बिना कुमारी चौधरीले भन्नुभयो–अरु दिनमा ४ हजार रुपियाँमा पाइने बोकाको मूल्य ७ हजार सम्म परेको हुनाले हामीजस्ता सर्वसाधारणको ढाड खुस्किएको छ  ।

भाकल गरेअनुसार मनोकांक्षा पुरा भएपछि बोका, परेवा, हाँसको बली चढाउने दर्शनार्थीहरुको ठुलो संख्यामा भिड लागेको थियो । राजदेवी पञ्चावतीलाई बैशाख शुक्ल पुर्णिमाका दिन मात्र बलि दिने परम्पराग मान्यता रहि आएको छ । मेला भर्न र भाकल पुरा भएपछि मन्दिरमा पशुपक्षीको बलि दिन सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोतरी तथा छिमेकी मुलुक भारतको बिहार राज्यको विभिन्न प्रान्तबाट आएका भतmजनहरुको ठुलो भिड लागेको थियो ।

सन्तानप्राप्ती, रोग विनाश, कार्य सफलताका लागि भतmजनहरुले सगरमाथा अंचलको प्रमुख व्यापारी केन्द्र लहान बजारदेखि नौ किलोमिटर उतरमा ३ बिगहा क्षेत्रफलमा फैलिएको जंगलमा अवस्थित राजदेवी मन्दिर परिसरमा बोका,पाठी,हास,परेवा र कुखुराको बली दिनेहरुको ठुलो भिड लागेको थियो ।

पुरुषले भाकल गर्दा बोका र महिलाले भाकल गर्दा पाठी बली दिने परम्परा रहि आएको छ । मेलामा  बली चढाउनेहरु देशको विभिन्न जिल्ला तथा भारतको विहार राज्यबाट  समेत दर्शनार्थीहरुको ठूलो घुईचो लागेको थियो ।

हिमाल देखि तराई सम्मका विविधताले अनेकौ स्वाद र रुचिका पर्यटक तान्ने सम्भावना पञ्चावती मन्दिरसंग छ तर यस्ता पर्यटकीय आर्कषणका धार्मिक एवम सास्कृतिक झल्कने  महत्वका यी स्थलहरुको संरक्षणमा नेपाल सरकारले समयमै चासो नदेखाए  लोप भई पर्यटकीय आर्कषणको वस्तु पनि हराउन सक्ने अशांका स्थानीयवासी रुद्र नारायण चौधरीले बताए ।

मेलाका दिन मात्र होईन सर्बै दिन मन्दिरमा पूजा तथा दर्शन गर्न आउने दर्शनार्थीको संख्यामा दिन प्रतिदिन बढ्दै गएको अनुभव चौधरीले  सुनाए । मन्दिरको धार्मिक एवम ऐतिहासिक महत्वलाई बुझेर नेपाल सरकारले त्यस क्षेत्रमा बाटो घाटोको राम्रो सुविधा तथा मन्दिरको उचित संरक्षण पु¥याउन सके थुप्रै विदेशी पर्यटक आउने र यस क्षेत्रका सर्वसधारणको आर्थिक स्तर समेत माथि उठने मन्दिरका पुजारी पशुपति भट्टको धारणा व्यतm गरे ।
 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..