» » प्रचण्ड र ओली बीच ‘लभ र हेट’ को सम्बन्ध


गत बैशाख २२ गते नेपालमा भएको एक अपत्यारो राजनीतिक घटनाका दुईजना पात्रको बारेमा विभिन्न चासोहरु व्यक्त भइरहेको छ । ती दुई पात्र हुनुहुन्छ् नेपाल कम्म्यूनिष्ट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । ओली प्रधानमन्त्री रहेको सरकार ढालेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई वा नभए आफै प्रधानमन्त्री बन्ने दावमा उहाँले देउवा र मधेशी मोर्चाका नेताहरुसँग पनि कुराकानी गरिसक्नु भएको थियो तर ओलीले एकान्तमा कुरा गरेपछि प्रचण्ड एका एक ब्याक भएपछि यी दुई जना नेताको सम्बन्धको कुरा खोजि भइरहेको छ । ओली र प्रचण्डको सम्बन्ध धेरै पुरानो पनि होइन । १५ वर्षअघि यी दुई जना नेताको बीचमा भेट भएको थियो त्यो पनि भूमिगत शैलीमा भारतको सिलिगुडीमा । सशस्त्र युद्ध चलिरहँदा २०५८ सालमा ओलीले एमाले नेता शंकर पोखरेलका साथमा प्रचण्डलाई भेट्न सिलिगुडी पुग्नु भएको थियो ।

त्यही प्रचण्ड हुन् जसले मधेशवादी दलसँगको गठबन्धनमा हुँदा २०७१ माघ २१ गते विज्ञप्ति नै जारी गरेर ओलीलाई पागल घोषणा गर्नुभएको थियो तर पछि ओलीसँग यस्तो सम्बन्ध विस्तार भयो दुवैजना मिलेर सविधान निर्माणमा मात्र होइन सरकार निर्माणमा पनि सँगै हुनुभयो । ओली र प्रचण्डको जोडीको चर्चा हुन थाले । विज्ञप्तिमा भनिएको थियो, ‘उहाँको अभिव्यक्तिले उहाँ शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नुका साथै आवश्यक स्वास्थ्य परीक्षणपश्चात उहाँको स्वास्थ्यस्थिति सामान्य भएको प्रमाणित भएमा उहाँले उठाएका विषयमा उच्चस्तरीय छानबिन आयोग गठन गरी यसको सत्यतथ्य गर्नसमेत आजको बैठक माग गर्छ ।’ यसरी यो भाषाको विज्ञप्ति जारी गर्नुभएको प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउनका लागि अहम भूमिका खेल्नु भयो ।

प्रचण्ड सयोजक रहेको १९ दलीय गठबन्धनको साथ बालुवाटारमा वार्ता हुँदा केपी शर्मा अ‍ोली वार्ता सफल हुन दिनु भएन । सोही दिन दिउँसो गठबन्धन दलले संविधानसभाका तत्कालीन अध्यक्ष सुवास नेम्बाङसँग पनि वार्ता गरेर बाहिरिदा अध्यक्ष प्रचण्डले पत्रकारसँग प्रतिकृया दिँदै भन्नुभएको थियो, ‘को हुन् केपी ओली ? यो देशका ठेकेदार हुन् ? महाराजा हुन् ? दुई—चार सिट बढी आयो, पार्टी अध्यक्ष भयो भन्दैमा आफू महाराज अरूलाई रैतीजस्तो व्यवहार गर्ने ?’ तर आज सोही प्रचण्डले ओली बेगर एककमद हिड्न नसकिने जस्तो भएको छ । ओलीलाई महाराजा र आफूलाई रैती देख्ने प्रचण्डले ओलीका सामु यू टर्न भएपछि विगतमा भन्नुभएको कुरा सबै बनावटी जस्तो लाग्न थालेको छ ।

पछि त जस्तोसुकै परिस्थिति सामना गरेर भए पनि संविधान दिनका लागि मिलेरै जानुपर्छ भन्नेमा पहिले प्रचण्ड र ओलीबीच सहमति बनेको थियो र त्यो सहमति ती दुई नेताका लागि चट्टानी अडान जस्तो भयो । त्यही सहमतिको जगमा अन्य दलहरूलाई समेत मिलाएर संविधान जारी गर्ने वातावरण बनेको थियो अर्थात ओली र प्रचण्ड मिलेपछि मात्र सविधान निर्माण गर्न सम्भव भएको हो । संसदमा संकल्प प्रस्ताव पारित गर्नेदेखि जेठ २५ मा १६ बुँदे सहमति कामय गर्ने काम ओली र दाहालको संयुक्त प्रयासमा सफल भएको र त्यसपछि सरकार निर्माण पनि ।

ओली पनि के कम, उखान टुका र हावा कुरा गरेर नाम कमाई सक्नु भएका प्रधानमन्त्री अ‍ोलीले २०७१ माघ १७ गते तत्कालिन अवस्थामा पार्टी मुख्यालयमा भएको एक कार्यक्रममा प्रचण्डप्रति टिप्पणी गर्दै भन्नुभएको थियो, ‘पहिले पनि २ अर्ब ३ करोड दिन्छु भनेर कागज गरेपछि संसद खुल्यो, ५ देखि १० अर्ब दिन्छु भने संविधानसभा चल्छ, बाहिर उफ्रन बन्द हुन्छ ।’ यो कुराले नेपाली राजनीतिक निकै चर्चा पायो । यति मात्र कुराले प्रचण्डलाई छटपटाहट गराई दिनुभयो र त्यसको भोलीपल्ट पेरिसडाँडामा भएको पत्रकार सम्मेलनमा ओलीको सो भनाईको यसरी खण्डन गर्नुभयो, ‘नेपालमा यस्ता मान्छे पनि नेता बनेका छन्, जवाफ दिन पनि लाज लाग्छ ।’ यतिमात्र टिप्पणी गर्नुभयो तर रकमको बारेमा कुनै प्रतिकृया दिनुभएन ।
सहारा टाइम्स पत्रिकाबाट

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..