» » उपेन्द्रले पठाउनुभयो राजेन्द्रको घरमा आफ्नो विशेषदुत

काठमाडौ बैशाख २७ गते । मधेश आन्दोलनभरि खटपटमै रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच गोप्य कुराकानी पनि हुन थालेको छ ।

संघीय गठबन्धनप्रति पनि रुष्ट रहनुभएका अध्यक्ष महतोको घरमा अध्यक्ष यादवले आफ्ना तीन जना नेतालाई पठाएर कुराकानी गर्न लगाउनु भएको छ ।  महतोलाई फोरम नेपालका वरिष्ठ नेता अशोक राइ, उपाध्यक्षद्धय राजेन्द्र श्रेष्ठ र लालबाबु राउत भेट्न जानु भएको थियो ।

शनिवार सिनामंगलस्थित महतोको घरमा गएर यी तीन नेताले महतोसँग के कुरा गर्यो त्यो खुल्न सकेको छैन । गठबन्धनको संयोजक भएपछि असन्तुष्ट भएर अध्यक्ष महतो पनि बैठकमा जान छाड्नु भएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..