» » स्थानीय चुनाव गराउने भन्नु संघीयता समाप्त पार्ने खेल हो–उपेन्द्र यादव

विराटनगर बैशाख २९ गते । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचन केन्द्रीय सरकारले गराउन नमिल्ने बताउनु भएको छ ।

आज विराटनगरमा पत्रकाहरुसँग कुरा गर्दै स्थानीय निकाय गठन गर्ने कार्य प्रादेशिक सरकारको हो तर प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले मंसिरमा त कहिले माघमा स्थानीय चुनाव गराउने हल्ला गरिरहनु भएको छ जो कि प्रधानमन्त्री ओलीले गर्न नहुने कार्य रहेको बताउनु भयो ।

देश संघीय संरचनामा गइसकेको र केही सिमांकन विवाद मिलेपछि प्रादेशिक सरकार गठन हुन्छ र त्यसले मात्र स्थानीय निकाय गठन गरि चुनाव गराउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्रीय सरकारले स्थानीय चुनाव गराउने भन्नु भनेको संघीयता समाप्त पार्नु नै हो ।’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सकारले मंसिरमा स्थानिय निकायको निर्वाचन गर्ने संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..