» » शेषनारायण र इशानलाई पक्राउ गर्नुको कारण सोध्ये सरकारलाई


काठमाडौ जेठ १४ गते । सर्वोच्च अदालतले सिंहदरबारको पूर्वी पर्खाल पोतेको आरोपमा पक्राउ परेका इसान अधिकारी र पत्रकार शेषनारायण झालाई पक्राउ पर्नुको कारण सोधेको छ।

जिल्ला प्रशासन कार्यालयले उहाँहरुलाई बुधवार अघि अनुसन्धानका लागि ४ दिन थुनामा राख्ने आदेश दिएको थियो।

बुधवारै झा र अधिकारीले प्रहरीले आफूलाई गरेको पक्राउ विरुद्ध सर्वोच्च अदालतमा बन्दिप्रत्येक्षीकरणको रिट दिएका सेतोपाटीमा समाचार छ । सोहि रिटमाथि आज सुनुवाई गर्दै न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले उनलाई पक्राउ गर्नुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

सोमबार उहाँहरु दुवैलाई सिंहदरबार भित्ता रंग्याएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। तर पत्रकार झा फोटो खिचेको भरमै पक्राउ परेको भन्दै पत्रकार महासंघ र सामाजिक सन्जालहरुमा विरोध भएको थियो। आइतबार भित्ता पोत्दै गर्दा पक्रेर संझाइबुझाई गरि छोडेको तर त्यही कार्य भोलिपल्ट दोहो¥याएपछि पक्राउ गरिएको प्रहरीले जनाएको थियो।

उसले बुधवार दुवैलाई जिल्ला प्रसासन कार्यालयमा बुझाएको छ। कार्यालयले उनीहरुलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो।


पत्रकार शेषनारायन फोटो खिचेको आरोपमा पक्राउ परे भनेर सामाजिक सञ्जालमा विरोध भए पनि प्रहरीले फोटो खिचेको आधारमा नभई रंग पोत्ने कार्यमा संग्लग्न देखिएकाले पक्राउ गरेको दाबी  थियो।

‘उहाँहरु दुवै पहिले बलुवाटारमा पनि सँगै पक्राउ पर्नुभएको थियो। आइतबार पनि दुवै सँगै हुनुहुन्थ्यो र त्यसपछि सोमबार पनि सँगै हुनुहुन्थ्यो,’ केसीले भने, ‘आइतबार उहाँले आफूलाई पत्रकारका रूपमा चिनाउनु भएन। सोमबार पक्राउ पर्ने वित्तिकै पनि आफु पत्रकार भएको बताउनु भएन। अहिले आएर चाहिं पत्रकार हुँ भनेर भन्नु हुँदैछ।’

‘विरोध कार्यक्रम गर्न पाइन्छ। तर निषेधित क्षेत्रमा गर्न पाइँदैन,’ केसीले भन्नुभयो ।

इसानले आफूलाई राजनीतिक अभियन्ताका रूपमा चिनाउँछन् भने झा समयबोध नामको साप्ताहिक पत्रिकामा आवद्ध हुनुहुन्छ ।

प्रहरीका अनुसार आइतबार प्रहरीले दुवैलाई अब आइन्दा यस्तो नगर्ने शर्तमा छाडिएको थियो। केसीका अनुसार घटनामा अन्य ४९५ जना पत्रकारहरु पनि थिए तर अरु प्रत्यक्ष रुपमा संग्लग्न नभएका कारण पक्राउ नगरिएको हो।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..