» » नवलपरासीका दुई नगरपालिकाले आफ्नो दुई भवन बनाउँदै

फाइल फोटो
नवलपरासी, वैशाख २६ गते । नवलपरासीको नयाँ दुईवटा नगरपालिकाले आफ्नो कार्यालय भवन निर्माण सुरु गरेका छन् । जिल्लामा थप भएका छवटा नगरपालिकामध्ये बर्दघाट र गैँडाकोट नगरपालिकाले यसै आवमा कार्यालय भवन निर्माण पूरा हुने गरी निर्माणको काम सुरु गरेका हुन् ।

बर्दघाट नगरपालिकाले अहिले हाल रहेको कार्यालयस्थलमै नयाँ भवनको निर्माण थालेको छ । अहिलेसम्म सो भवनको जग निर्माण , चौतर्फी वाल निर्माणलगायतका काम पूरा भएको छ ।

कार्यालयको भवन निर्माणतर्फ हालसम्म करिब रु एक करोडको निर्माणको काम पूरा भएको छ, नगरपालिकाका कार्यकारी अधिकृत बोधराज बस्यालले भन्नुभयो – “चालु आव ०७२÷७३ मै करिब तीन करोड रुपियाँको लागतमा भवन निर्माणका काम पूरा गर्ने लक्ष्य लिइएको छ ।

यसैगरी गैँडकोट नगरपालिकाले पनि भवन निर्माणका लागि अहिलेसम्म जग निर्माण गरी अन्य कामको थालनी गरिसकेको छ । कार्यालयका योजना शाखा प्रमुख सुमन कोइरालाका अनुसार अहिलेसम्म करिब रु ५० लाखको लागतमा काम पूरा भएको छ चालु आव ०७२÷७३ मै करिब दुई करोड रुपियाँको लागतमा भवन निर्माणका काम पूरा गर्ने लक्ष्य लिइएको छ ।

नवलपरासीमा पुरानो नगरपालिका रामग्राम र बाँकी नयाँ गरी सुनवल, बर्दघाट, मध्यबिन्दु, कावासोती, दबचुली, गैँडाकोट गरी सातवटा नगरपालिका छन् । जसमध्ये रामग्राम पुरानो नगरपालिका हो भने मध्यबिन्दु सबैभन्दा नयाँ नगरपालिका हो ।

रामग्राम नगरपालिकाको यसअगावै सुविधा सम्पन्न कार्यालय भवन निर्माण भइसकेको छ । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..