» » मधेशी मोर्चाले राष्ट्रपतिको कार्यक्रम बहिष्कार गर्ने

काठमाडौ बैशाख २६ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्ध दलका सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यक्रम बहिष्कार गर्ने भएको छ ।

राष्ट्रपति भण्डारीले आज चार वजे संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । त्यसलाई मधेशी मोर्चामा आवद्ध सांसदहरुले बहिष्कार गर्ने भएको छ । मधेशी मोर्चाले दुई दिनदेखि संसद बहिष्कार गर्दै आएका छन् सोही अनुरुप आज पनि बहिष्कार गर्ने कार्र्यक्रम रहेको तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले जानकारी गराउनुभयो ।

आफूहरुले प्रस्तुत गरेको ११ बुँदे माग कार्यान्वयन हुनुपर्ने भन्दै उहाँले माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..