काठमाडौं जेठ ९ गते । संघीय गठबन्धनले आज काठमाडौंको चावहिलमा विशाल प्रदर्शन गरेको छ । चावहिलमा चोकमा आयोजित विरोधसभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।
दिउँसो गौशाला र जोरपाटीबाट एकैसाथ सुरु भएको रैली चावहिल चोक पुगेर विरोधसभामा परिणत भएको थियो । चावहिलको विरोधसभामा पनि स्थानीय बासिन्दाको व्यापक सहभागिता रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले जानकारी गराउनु भएको छ ।
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा जोरपाटीबाट निकालिएको रैलीमा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, लिम्बूवानका कुमार लिङदेन, जनमुक्तिका परशुराम तामाङ, थरुहटका भानुराम थारु लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।
यता गौशालाबाट गएको रैलीलाई महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल कुमार झा लगायतका पार्टीहरुले नेतृत्व गरेका थिए । संविधान पुर्नेलेखन, पहिचान र अधिकार सुनिश्चिताताको माग गर्दै नाराबाजी भयो ।
विरोध सभाका वक्ताहरुले सरकारले वार्ताको माहोल बनाउँदासम्म वार्ताको कुनै औचित्य नभएको भन्दै माग पूरा नहुदाँसम्म आन्दोलन नरोकिने उद्घोष गरे । आफूहरु वार्ताकै माधयमबाट समाधान चाहनेको भन्दै वक्ताहरुले सार्थक वार्ताका लागि सरकार जिम्मेबार र गम्भीर हुनु पर्ने बताएका थिए ।
संविधान पुनर्लेखनका लागि राजधानी केन्द्रीत आन्दोलनमा होमिएको गठबन्धनले हिजो स्वयम्भू चोकमा विरोध प्रदर्शन गरेको थियो । गठबन्धनले भोलि कीर्तिपुरको नयाँ बजारमा विरोधसभा गर्ने कार्यक्रम छ । गठबन्धनको आन्दोलनमा पछिल्लो समय काठमाडौंको स्थानीय बासिन्दाको समेत सहभागिता बढ्दै गएको दावी गरिएको छ । यसले काठमाडौंको विभिन्न ठाउँमा आयोजना भइरहेका विरोध सभाहरुमा झन् प्रभावकारी हुँदै गएका छन् ।
संघीय गठबन्धनमा मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी), महिला, मगरात, खम्बूवान, लिम्बूवान, खस समुदाय, नेवाः, मुश्लिम लगायतका दल तथा संगठन आबद्ध छन् ।

No comments: