» » मधेशी मोर्चा किन गएन बैठकमा ?


काठमाडौ जेठ ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु अनुपस्थित भएका छन् ।

प्रतिपक्षि दल नेपाली काँग्रेस र मधेशी मेर्चाको साथमा बैठक बस्ने भनिएपनि आज आएर मधेशी नेताहरु बैठकमा नजाने जनाकारी गराएकाइा थिए । जब हिजो दलका नेताहरुलाई खबर गर्दा आउने आश्वासन दिएकै कारण यो बैठक बोलाएको स्रोतको दावी छ ।

देशमा जारी आन्दोलनको विषयमा छलफल गर्नका लागि यो बैठक बोलाएको छ तर जसका लागि बैठक बस्दैछ सोही दल अनुपस्थित भइ दिएमा बैठक परिणाममुखि नहुने बताइएको छ ।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो यसो भन्नुहुन्छ 

बैठकमा किन जानु भएन ?
मधेशी मोर्चाले विगतदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन नगरेका कारण बैठकमा जानुको औचित्य छैन । यसअघि मधेशी मोर्चाले पठाएको जवाफको उचित सम्बोधन नगरि पुनः वार्तामा बोलाउनु मधेशको आन्दोलनलाई अल्झाई राख्नु हो । त्यसैले तत्कालै वार्तामा नजाने ।

कहिले पनि नजाने त ?
कहिले वार्तामा नजाने कुरा हुँदैन । वार्ताका लागि हामी तयार छौ । वार्ताको वतावरण बन्ने वित्तिकै हामी वार्तामा बस्छौ । सरकारले वार्ताको वतावरण बनाउन सकेको छैन ।

कस्तो वतावरण बनाउनु पर्छ ?
हामीले यसअघि वर्ता पठाएको पत्रका सबै कुरा उल्लेख छ । मधेश आन्दोलनमा घाइते भएकालाई निशुक्ल उपचार, आन्दोलनमा सहादत दिएकालाई सहिद घोषणा, आन्दोलनमा पीडित भएकाले क्षतिपूर्ति, मुद्दा खरेज र पक्राउ परेकालाई रिहाय गरे मात्र वार्ताको वतावरण तयार हुन्छ ,

सरकारले त यी सबै कुरा दिन तयार छु भनि हिजो पठाएको पत्रमा पनि उल्लेख छ नि ?
उल्लेख गरेर हुँदैन कार्यान्वयनमा ल्याउनुपर्छ त्यति हो ।

सरकारले पठाएको चिठीको बारेमा के हुन्छ ?
यसको बारेमा मधेशी मोर्चाले बैठक बसेर तय गर्नेछ ।

के भन्नुहुनछ तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव 

तपाईहरु आज सिहदरवारमा बसेको सर्वदलीय बैठकमा जानु भएन किन ?
तपाईले नै भन्नुस नि किन जानु ? आजसम्म त्यो सिहदरवारले मधेशका लागि के गरि दिएको  छ जो त्यहाँ जानु । आधार स्पष्ट नभएसम्म वार्तामा जानुको औचित्य छैन ।

के आधार ?
हामीले विगतदेखि उठाउदै आएको मुद्दाहरु जस्तो मधेशी मोर्चाले पेस गरेको ११ बुँदा त्यसपछि संघीय गठबन्धनले पेस गरेको २६ बुँदे मागको बारेमा सरकार स्पष्ट भएर आउनुपर्छ अनि मात्र वार्ता हुन्छ ।

यस्तो कति दिनसम्म गरिरहनु हुन्छ ?
जबसम्म हाम्रो अधिकार दिने कुरा सुनिश्चिित हुँदैन, तबसम्म आन्दोलन यस्तै गरि चलिरहन्छ । वार्ताका लागि वतावरण बनाउने काम सरकारको हो । वतावरण बनाउन हामीबाट के सहयोग चाहिन्छ हामी सहयोग गर्न तयार छौ तर वतावरण बनाउने पहिलो काम सरकारकोाृ हो ।

गठबन्धनलाई पत्र आएन मधेशी मोर्चालाई मात्र आयो भनि तपाईहरु चित्त दुखाउनु भएको छ नि किन ?
मैले वा कसैले चित्त दुखाएको छैन । मेरो व्यक्तिगत भनाई भनेको जसले आन्दोलन गरिरहेका छन् त्यललाई वार्तामा बोलाउनुपर्छ । यसअघ मधेशी मोर्चाले आन्दोलन गर्दा मधेशी मोर्चा वार्तामा जान्थे अहिले अब गठबन्धनले आन्दोलन गरिरहेका छन् भने गठबन्धनलाई वार्तामा बोलाउनु पर्ने हो । मधेशी मोर्चा पनि गठबन्धनमा रहेकाले मधेशी मोर्चालाई छुट्टै पठाउनुको आवश्यक थिएन । पठाए पनि आन्दोलनकारी सबै दललाई सम्बोधन गरेर पठाउँदा हुन्थ्यो त्यो पनि भएको छैन । 

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..