» » वर्तमान गठबन्धनको सरकार तीन वर्ष चल्ने गच्छदारको दावी


सुनसरी बैशाख २४ गते । मधेसी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष एंव उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान गठनबन्धनको सरकार नै तीन वर्षसम्म रही रहने बताउनु भएको छ । तीन महिनाभित्र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने बताउँदै उहाँले त्यो सरकार तीन बर्ष सम्म टिकेर संविधानको सफल कार्यान्वयन गर्ने दावी गर्नुभयो ।

पार्टी कार्यालय इनरुवामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष गच्छदारले सहमतिका सरकारको प्रधानमन्त्री बन्न आफूले प्रचण्डलाई आग्रह गरेको दावी गर्नुभयो । राजनीतिक अस्थिरताले मुलुकलाई अघि बढाउन नसकिने भएकाले आफूले तत्काल सरकार नढाल्न र सहमतिको सरकारमा मात्र प्रधानमन्त्री बन्न दाहाललाई आग्रह गरेको बताउँदै उहाँले भन्नुभयो, ‘अबको तीन महिनामा दाहाल सहमतिको प्रधानमन्त्री हुने छन् ।’

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..