» » कृष्णनगरको उद्योग वाणिज्य संघमा सरदार


मनिष गुप्ता

कपिलवस्तु, जेठ १४ गते । कृष्णनगर उद्योग वाणिज्य संघको नवौं अधिवेशनबाट गुरुशरण सिंह (बन्टी सरदार) अध्यक्ष पदमा विजयी हुनुभएको छ ।

कूल खसेको भोटमध्ये सिंहले ३ सय ४ मत प्राप्त गरी प्रतिद्वन्द्वी पूर्वअध्यक्ष विजय कुमार कानोडियालाई ५७ मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कानोडियाले कूल २सय ४७ मत प्राप्त गर्नुभएको थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा श्रवण कुमार सुरेका २सय १७ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी के.के. गुप्ताले २४ मतले पछाडि पर्दै १सय ९३ मत पाउनुभएको थियो । यस्तै उपाध्यक्षमा दिनेशचन्द्र गुप्ता प्रतिद्वन्द्वी भरत कुमार अग्रवाललाई १सय ५१ मतले उछिन्दै विजयी बन्नुभयो ।

विजयी गुप्ताले २ सय ९८ मत पाउनुभएको थियो भने अग्रवालको १ सय ४७ भोट परेको थियो । संघको महासचिवमा घनश्यामदास अग्रवाल भारी मतले जीत हासिल गर्नुभएको छ । अग्रवालले प्रतिद्वन्द्वी मोहम्मद वसीम पठानलाई ३सय मतको अग्रताले ४ सय २४ मत प्राप्त गर्नुभयो । पठानले भने १ सय ४७ मत मात्र प्राप्त गरी हार बेहोर्नुप¥यो ।

यस्तै सचिवमा लक्ष्मण भुसाल २सय २३ मत प्राप्त गरी विजयी बन्नुभएको छ । प्रतिष्पर्धी नसीव हुसैनले १ सय ८० मत मात्र पाउनुभएको थियो ।

संघमा एकजना महिला सदस्यका लागि भएको निर्वाचनमा पूजा खनाल (पाण्डे) निर्वाचित हुनुभएको निर्वाचन मण्डलले जनाएको छ ।

यसैगरी १२ जना सदस्यहरुका लागि उम्मेदवारी परेका २८ जनामध्ये अशोक कुमार गुप्ता अग्रहरी, आशिश गोयल, गोपीकृष्ण उपाध्याय भट्टराई, चन्द्रशेखर बर्मा, पवन कुमार अग्रवाल, मनिश कुमार गुप्त (मधेसिया), युवराज पोख्रेल, रबी शाह, रविन्द्र कुमार गुप्त कसौधन (पप्पु पेप्सी), रामगोपाल गोयल (फलवाला), रियाज अहमद शाह र हरिओम तुलस्यान निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

कूल ६ सय २५ मतदाता रहेको संघको अधिवेशनमा ५ सय ५४ जनाले मतदान गरेका थिए । जसमा सदस्यको हकमा १८ मत बदर भएको र अध्यक्षको हकमा ४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ । मतदान विहीबार भएपनि मतगणना भने शुक्रबार भएको थियो ।

निर्वाचन निकै सौहाद्र्र र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको बताइएको छ । निर्वाचनलाई पारदर्शी र निस्पक्ष बनाउन कडा सुरक्षा व्यवस्थाका बीच निर्वाचन गरिएको थियो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..