» » आगलागिबाट १० लाखको क्षति


सप्तरी, जेठ ६ गते । सप्तरीको सीतापुर–१ मा गएराति आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ ।

स्थानीयवासी राजु चौधरीको गाईगोठबाट अचानक सल्किएको आगोले निजका तीन घर र छिमेकी लखन चौधरीको दुई घर तथा महेश चौधरीको एक गरी जम्मा छवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन र नगद गरी करिब रु १० लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।

आगो स्थानीयवासी, नेपाल प्रहरी र सिरहाको लहानबाट आएको बारुणयन्त्रबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..