» » विस्फोटक पदार्थ बरामद


मनिष गुप्ता
कपिलवस्तु, जेठ १७ गते । कपिलवस्तुको कृष्णनगर स्थित अस्थायी प्रहरी पोष्ट सुरक्षा जाँच चौकी लिङ्कगेटले ३५ हजार बराबरको प्रज्वलनशील विस्फोटक पदार्थ र प्रतिबन्धित औषधी सोमबार नष्ट गरेको छ ।

विवाहका लागि विभिन्न समयमा भारतवाट लुकाइछिपाई नेपाल ल्याउँदै गर्दा लिङ्कगेट प्रहरीको विशेष टोलीले चेकजाँचका क्रममा बरामद गरिएका विस्फोटक पदार्थ र प्रतिबन्धित औषधी नष्ट गरिएको हो ।

प्रज्वलनशील पदार्थहरु विक्री वितरण र ओसारपसारमा सरकारले रोक लगाएको छ । तरपनि भन्सार छली भारतबाट अबैध रुपमा नेपालतर्फ भित्राएको भन्दै नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक रमेश गुरुङले जानकारी दिनुभयो ।

बरामद गरिएका विभिन्न नामका पटाका करीब २५ हजार बराबर र १० हजार रकम बराबरको औषधी रहेको लिङ्कगेट प्रमुख गुरुङले बताउनुभयो ।

तराईमा विवाह वा शुभकार्यको समयमा पटाकाजन्य पदार्थ पड्काउने प्रचलन परम्परादेखि रहँदै आएको छ । सोही क्रममा भारतबाट लुकीछिपी ल्याउँदै गरेको भुइँचम्पा, छुरछुरे, आकाशबाजी, रकेट, फोहरा, खुर्सानी लगायतका प्रज्वलनशील पदार्थ प्रहरीले बरामद गरेको हो ।

प्रज्वलनशील पदार्थ पड्काउँदा आगलागीका घटना हुनुका साथै ज्यानै जान सक्ने जस्ता दुर्घटना हुनसक्ने भएकाले भारतबाट यस्ता पदार्थ आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । यस्तै भारतबाट अबैध रुपमा नेपाल ल्याउँदै गर्दा १० हजार बराबरको विभिन्न थरिका प्रतिबन्धित औषधी नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक गुरुङले बताउनुभयो ।

बरामद गरिएका विस्फोटक र औषधि नगरपालिका प्रतिनिधि जगदीश प्रसाद यादव, कृष्णनगर स्वास्थ्य चौकीका प्रतिनिधि मेघनाथ ढकाल, बुद्धिजिवी, स्थानीय व्यक्तित्व, संचारकर्मी लगायतको रोहबरमा खाल्डो खनी पानी खनाएर नष्ट गरेको हो ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..