» » गठबन्धनको संयोजकमा उपेन्द्र, तमलोपाद्धारा बैठक बहिष्कार

काठमाडौ बैशाख २३ गते । मधेशवादी सात दलको मधेशी मोर्चासहित २७ दलबाट निर्मित संघीय गठबन्धनको संयोजकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चयन गरेको छ ।
फोरम नेपालको पार्टी कार्यालयमा बसेको गठबन्धनको बैठकले उपेन्द्र यादवलाई संयोजकमा चयन गर्दै विभिन्न १० वटा समितिहरु निर्माण गरेको छ ।

यसैबीच आजको बैठकलाई तमलोपाले बहिष्कार गरेको छ । उपचारका लागि दिल्ली उड्नुअघि बैठकमा आउनका लागि उपेन्द्रले महन्थ ठाकुरलाई फोन गरेका थिए । महन्थ ठाकुरले आफु उपचारका लागि दिल्ली जान लागेको अरु कोही साथीहरु जान्छन् होला भनि जवाफ दिएका थिए ।

त्यसपछि अध्यक्ष ठाकुरले आफ्ना दलका ह्दयश त्रिपाठी, सर्वेन्द्रनाथ शुक्ला, गोविन्द चौधरी, जितेन्द्र सोनल, वृषेशचन्द्रलाई सम्पर्क गरेका थिए तर बैठकमा जान कोही तयार भएन । केही दिन पहिले जनकपुरमा बसेको बैठकमा संघीय गबन्धनको निकै आलोचना भएको थियो । मधेशी मोर्चालाई छायाँमा पारेर गठबन्धनको साथमा आन्दोलन गर्न सकिदैन भन्दै तराई मधेशमा गठबन्धनको ब्यानरमा आन्दोलन नगर्ने भनि आन्तरिक निर्णय गरेको थियो । सोही निर्णय अनुसार तमलोपाका कोही पनि नेता बैठकमा सहभागि भएन ।

गठबन्धनको संयोजकमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि इच्छा व्यक्त गरेका थिए तर उपेन्द्र यादवले दिन चाहेनका थिएन । र, आज तमलोपाको अनुपस्थितिमा उपेन्द्र यादवलाई संयोजक बनाएपछि गठबन्धनमा झन विवाद चर्किने सम्भावना बढ्दै गइरहेको छ ।

About saharatimes patrika

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..